नेपाली चलचित्र “पुजार सार्की” ले हङकङमा रेकर्ड तोड्यो


नारायण भण्डारी हङकङ १ जुलाई २०२४

सत्य घटनामा आधारीत नेपाली कथानक चलचित्र “पुजार सार्की” ले हङकङमा रेकर्ड तोडेको छ। ह्वाम्पो गर्डेन सिनेमामा ३० जुन २०२४ आईतवारका दिन २ सो देखाएको चलचित्रले अचम्मैले व्यापार गरेको छ। २ वचा हलमा गरेर करिव ७०० दर्शकको क्षमता भएको हलहरु दर्शकहरुले खचाखच भएको थियो भने कतिपय दर्शक उभिएरै पनि चलचित्र हेरेका थिए र कतिपय दर्शक टिकट नपाएको अर्थात हाउसफुल भएका कारण घर फर्केका थिए।

अहिलेका चर्चित नायकत्रय प्रदिप खड्का, पल शाह र आर्यन सिगदेल साथै नायिका परिक्षा लिम्वु समेत चलचित्रको प्रिमियर शौ को लागि हङकङ आएका थिए भने उकेत चलचित्रका लेखक विकास सुवेदि पनि साथैमा हङकङ आएका थिए। हलमा खचाखच भरिएका दर्शक साथै हलभितेरै पनि उभिएर चलचित्र हेरिरहेका दर्शक एवं टिकट नपाएर चलचित्र नहेरीकनै घरफर्केका दर्शकहरु देख्दा लेखक विकास सुवेदिले हङकङेली नेपालीहरुको नेपाली चलचित्रहरु विशेषगरी मौलिक चलचित्रको बजार राम्रो रहेको वताए। चलचित्रको विषय वस्तु र यसको लोकप्रियताको बारेमा हामीले गरेको कुराकानी यसैसाथ रहेको छ।


Translate »