हङकङ नेपाली महासंघको आयोजनामा सातौ राष्ट्रिय दिवस भव्यताको साथ मनाईयो


inbound1125347485

नारायण भण्डारी हङकङ १९ सेप्टम्वर २०२१

हङकङमा रहेका संगठनहरुको साझा संगठन हङकङ नेपाली महासंघले आज नेपालको राष्ट्रिय संविधान दिवस भब्यताकासाथ एक कार्यक्रम गरी मनाएको छ उक्त कार्यक्रममा हङकङ नेपाली महासंघसँग वर्तमान अधक्ष टङ्क रानाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रम प्रस्तोता संघका माहासचिव नविन सुहाङ जिले निकै सभ्य र भव्यरूपमा कारण सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा आकर्षणको रुपमा हङकङका  चर्चित गाएक गणेश पराजुलीले यो नेपाली शिर उचाली बोलको गीत गाउँदा म बाच्न ताली बजाएर साथ दिएका थिए भने कतिपय दर्शकहरु नाच्न सम्म भ्याएका थिए र तालीको गडगडाहट पनि सुनिएको थियो ।

inbound883952608

आजको उक्त कार्यक्रममा नेपाली जनसंपर्क समिति हङकङका वर्तमान नवनिर्वाचित प्रतिनिधिहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो र एनआरएनए हङकङका नबनिर्बाचित अध्यक्ष लाई पनि कार्यक्रममा स्वास्थ्यकर्मीको गर्बिलो भूमिका निभाउनु भएकी डा. शर्मीला गुरुङलाई पनि सम्मान गरिएको थियो । आफ्नो  मन्तव्य भाषण राख्नेहरूमा सिएसटिएन प्रोजेक्ट कि अध्यक्ष रिता गुरुङ ‘ यसैगरी एनआरएनए हङकङका अधक्ष गोकर्ण ढकाल , नेपाली मा हावाणिज्य दुत उद्य वहादुर राना , शुभकामना भाषण नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली ले राख्नुभएको थियो ।

inbound1943786088

उक्त कार्यक्रममा हङकङ नेपाली महासंघ का वर्तमान अध्यक्ष टङ्क राणा ज्यु को मन्तव्य भने धेरै नेपालीले राम्रो र आफूअरूको यर्थाथ समस्या जस्ताको तस्तै यथार्थ चित्रण गरिदिएकोमा  गडगडाहट तालीले स्वागत तथा सम्मान गरेका थिए अध्यक्ष राणाले हङकङमा हामी नेपालीहरुले विशेषगरी भाषाकै कारण ले गर्दा धेरै दुख पाईरहेका छौं हस्पिटलमा जान्छौं एउटा कुरा हामी बताउँछौं डक्टरले अर्कै बुझिन्छ र कुनैपनि वुकिङ दिँदापनि हरुलाई कम्तीमा पनि ६ महिना पछाडीको मात्रै पालो पर्छ हामी एउटा रोगले गएका हुन्छौं डक्टरले भाषा नवजेकै कारणले अर्कै औषधि दिन्छ जस्ता हाम्रा यथार्थ समस्याहरुलाई चरितार्थ गर्नुभएको थियो ।

inbound647609040

यसरी नै उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूत उदय बहादुर राना ज्यु लाई प्रमुख अतिथि बनाइएको बनाइएको थियो । यसैगरी उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु एनआरएनए हङकङका वर्तमान अध्यक्ष गोकर्ण ढकाल निवर्तमान अध्यक्ष राधिका गुरुङ नेपाल चेम्बर अफ कमर्सका वर्तमान अध्यक्ष डासुराम पराजुली लगायत अन्य विभिन्न गन्यमान्य व्याक्तिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम करिबकरिब साढे दुई घण्टा लामो चलेको थियो । राष्ट्रिय संविधान दिवशको अवसरमा राखिएको स्वास्थ्य जाँच कार्यक्रम ले गर्दा हङकङमा रहेका नेपाली वृद्धवृद्धा लगायत युवा जमात हरु को पनि आफ्नो स्वास्थ्यप्रति चासो राखेर धेरैजनाले स्वास्थ्य परीक्षण गर्नुभएको थियो र उक्त जाँचको रिपोर्ट आखा अगाडी नै आउने हुनाले पनि मानिसहरु निकै लामो लामबद्ध भएको देखिन्थ्यो ।

inbound150603163

आजको कार्यक्रमको अन्त्यमा स्वास्थ्य जाँच कार्यक्रममा भागलिएका एक सय भन्दा बढी नेपाली दाजुभाई  दिदीबहिनीहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेका थिए भने उक्त स्वास्थ्य परीक्षण गर्नेहरू मध्येबाट  लक्कि ड्र मार्फत विजेताहरुलाई आकर्षक पुरस्कार पनि वितरण गरिएको थियो ।

inbound645394395inbound1804493785inbound34807866inbound382675393inbound433919714

 

 


Translate »