नारायण भण्डारी हङकङ १६ मार्च २०२२
हङकङ सरकारले कोरोना माहामारीबाट आफ्ना नागरिकहरुलाई आर्थिक संकट परेको भनेर फेरी बाड्ने भनेको हङकङ डलर १० हजारको ईलेक्ट्रोनिक भौचर पहिले हङकङ सरकारले बितरण गरेको ५ हजार डलर जस जस ले पाउनु भएको थियो तपाईहरु सबैलाई सोहि अर्थात अक्टोपस, अलि पे, विईच्याट पे र ट्याप एण्ड गो कार्ड मार्फत प्राप्त गर्नु भएको थियो सोहि सिस्टममा नै राखिदिनेछ।
धेरै पाठक शुभेच्छुक मित्रहरुको धेरै फोन कल आएको हुनाले सबैको समस्या र जिज्ञाशा समेट्ने हिसावले पुनः यो समाचार संप्रेषण गरेको जानकारी गराउन चाहान्छु।
यदि तपाईहरुले पहिले अक्टोपस कार्डमा रकम प्राप्त गर्नुभएको थियो र उक्त कार्ड हराउनुभयो भने तपाईहरुले तुरुन्त एम टि आर कम्पनीमा संपर्क गरेर नयॅा कार्ड लिन सक्नुहुनेछ र तपाई अक्टोपस हराउनेहरुले पुनः अनलाईन मार्फत यो तलको लिंक प्रयोग गरेर फारम भर्न सक्नुहुनेछ लिंक
https://eform.consumptionvoucher.gov.hk/update/en/ewallet-id
नयॅा अर्थात पहिलो पटक फारम भर्दै हुनुहुन्छ वा पहिलेको ५,०००$ लिनबाट छुट्नुभएको थियो कसरी भर्नेहोला र के के कागजपत्रहरु चाहिन्छ भन्वे बारेमा जानकारीको लागि यो लिंकबाट थाहा पाउनुहोस
https://www.consumptionvoucher.gov.hk/public/pdf/newround/Form-amendment.pdf
यदि तपाई पहिलो पटक तपाई यो भौचर भर्दैहुनुहुन्छ भने तपाईको लागि फारम यहॅा दिईएको छ।
https://www.consumptionvoucher.gov.hk/en/forms.html
यदि तपाईहरुलाई चारैवटा संस्थानको संपर्क नम्वर चाहिन्छ भने पनी याद गर्नुहोस
- AlipayHK (Phone: 2245 3201)
- Octopus (Phone: 2969 5500)
- Tap&Go (Phone: 2888 0000)
- WeChat Pay HK (Phone: 3929 1666)
यदि तपाई नयॅा हुनुहुन्छ वा अक्टोपस कार्ड हराउनुभएको छ भने तपाईहरुले यहि महिनाको २५ तारिक भित्र फारम भरिसक्नुपर्ने कुरा नविर्सनुहोला। अक्टोपस कार्ड हराएकाहरुका लागि भने साहायता कक्ष (हेल्प डेक्स)
मङकङ
तिन सु वाई
वान चाई
उपरोक्त तिन ठाउमा गएर सहायता लिन सक्नुहुनेछ। सहायता कक्षहरु साताका ५ दिन बिहान ९ बजेबाट साझ ६ बजेसम्म र सनिबार बिहान ९ बजेबाट दिउस १ बजेसम्म खुल्ला रहने छन । यदि तपाई अपोईन्टमेन्ट लिएर जान चाहानुहुन्छ भने १८५००० मा कल गर्न सक्नुहुनेछ।
१०,००$को ईलेक्ट्रिक भौचर बितरण भने जतिसक्दो चाडो अप्रिल महिनाबाट हुने जानकारी प्राप्त भारहेको छ।