आज हङकङमा कोरोनाका संक्रमितले नयॅा रेकर्ड वनाउने ६१४ जनामा कोरोना संक्रमित


FA2966F8 A939 4D44 8672 332B43671C91

नारायण भण्हडारी ङकङ ७ फेब्रुवरी २०२२

हङकङमा कोभिड-१९ को महामारी नियन्त्रण बाहिर भैसकेको छ।हिजो  ५ तारीक ३०० भन्दा बढी पुष्टि भएका घटनाहरू रेकर्ड गरिएका थिए। र त्यहाँ ३०० भन्दा बढी प्रारम्भिक पुष्टि भएका घटनाहरू छन। अस्पताल प्राधिकरणले करिब १,५०० अस्पतालको शैया प्रयोग गरेको छ। हिजो पत्ता लागेका ३४२ बिरामीमध्ये धेरैजसो र प्रारम्भिक पुष्टि भएका ३०० भन्दा बढी बिरामी अस्पतालमा भर्ना भएको अनुमान गरिएको छ।

कोरोना बिरुद्धको खोप लगाइएकाहरुलाई लक्षण नदेखिएका र हल्का बिरामी भएका कोरोना पुष्टी भएका बिरामीहरूलाई क्रमशः अन्यत्र सार्ने योजना ब्यूरोले बनाएको छ। आइसोलेसन र उपचारका लागि पेनी बे क्वारेन्टाइन सेन्टरमा जाने व्यवस्था मिलाईएको छ। जबकि बिरामीको संपर्कमा रहेका नजिकका सबै सम्पर्कमा रहेकाहरूलाई ४ दिनको लागि घरमा क्वारेन्टाइनमा राखिनेछ। जुन कुराको व्यवस्थापन भने केही दिनमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

सकभर घरमै बस्नुहोस कोरोनाबाट बच्नुहोस विशेष गरि वाल वालिका वृद्धवृद्धा र दीर्घरोगीहरुको विशेष निगरानी राख्नुहोस।


Translate »