नारायण भण्डारी २७ फेब्रुअरी २०२२
हङकङ सरकारले हिजो २६ फेब्रुअरीमा COVID-19 सङ्क्रमित भएर होम क्वारेन्टाईनमा वसेका र आइसोलेसनबाट डिस्चार्ज भएका र नजिकको संपर्कमा रहेकारुको लागि नयॅा नियम ल्याएको छ जसले गर्दा उनिहरुलाई दैनिक कामकाज र व्यवहार चलाउन सजिलो हुने भएको छ।
अहिले अस्पताल प्राधिकरणले उच्च जोखिममा रहेका सङ्क्रमित व्यक्तिलाई सकेसम्म चाँडो अस्पताल पठाउने प्रयास गरिरहेको छ । कुनै हल्का लक्षणहरू नभएका संक्रमित व्यक्तिहरूलाई १४ दिनको होम क्वारेन्टाईनबाट समय व्यतित गरिरहेका हरुको लागि १४ दिनका दिन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा भने उनिहरुले घरबाट बाहिर निस्कन सक्छन।
पछिल्लो महामारीको तिब्ररुपमा फैलिरहेको र यसबाट हुने जोखिमलाई ध्यानमा राख्दै हङकङ सरकार र हस्पिटल अथोरिटि (HA) ले निर्णय गरेको छ कि कम्युनिटि आईसोलेसनको सुबिधामा रहेका संक्रमित व्यक्तिहरू र भर्ना हुन बाँकी व्यक्तिहरूले संक्रमण भएको ६दिन र ७तौ दिनमा मा द्रुत एन्टिजेन परीक्षण (RAT) गर्न सक्छन।
अहिले सम्मको नियम अनुसार रिपोर्ट प्राप्त गरेको दिनलाई १ दिनमा गन्ति गर्दै गनिन्थ्यो भने यदि उक्त व्याक्तिमा कुनै लक्षण छैन भने र कोरोना बिरुद्धको दुबै डोज लगाएका छन भने उनिहरुले रेपिड टेष्ट गरेको ६ र ७ दिनमा पनी रिपोर्ट नेगेटिभ आएमा उनिहरुले सातौ दिनमा आफु बसिरहेको कम्युनिटि सेन्टर वा घरको क्वारेन्टाईन बाट बाहिर निस्कन सक्नेछन।
यसको ठिक विपरित यदि तिनीहरूले यी दुई (६ र ७)दिनमा RATs को समयमा कम्तिमा एकपटक पनी पोजेटिभ रिपोर्ट आएमा भने उनिहरु घरमै क्वारेन्टाईन वा कम्युनिटि सेन्टरमै बस्नुपर्ने हुन्छ। तर यो नियम भने कोरोना बिरुद्ध खोप नलगाएका वा एक डोज मात्र लगाएकामा भने लागु हुने छैन। साथै कोभिड संक्रमणको पोजेटिभ रिपोर्ट प्राप्त गरेका र उनिहरुको नजिकका सम्पर्कहरूका पनी घरमारहेका सम्पर्कहरू जसलाई “StayHomeSafe” अन्तर्गत चार दिनको लागि मात्र होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाईएको छ।
अस्पतालमा भर्ना भएका व्यक्तिहरूको लागि, HA ले तिनीहरूको विशेष डिस्चार्ज मापदण्डमा व्यावसायिक निर्णय गर्ने भएको छ। इन्चार्ज डाक्टरले दैनिक निरिक्षण गर्नेछन र क्लिनिकल कन्डिसनको मूल्याङ्कनमा अस्पतालमा भर्ना भएका व्यक्तिको जोखिम हेरेर उनिहरुको घरमै आईसोलेसन वा कम्युनिटि आईसोलेसनमा पठाईनेछ। यदि घरमा उपयुक्त ठाउ र वातावरण छ भने उनिहरुलाई घरमै बस्ने अनुमती पनी दिईने छ। यसरी यो अन्तिम नियमले भने व्याक्तिलाई सहज गराउनुको साथै अस्पतालमा पनी बेडको समस्या कम गराउन मद्दत पुग्नेछ।