नेपालमा पनी २ जनामा देखियो कोरोनाको नयॅा भेरियन्ट ओमिक्रोन


C6A37EF6 1316 4C10 8F6A A0E20F4536FE

नारायण भण्डारी २० मंसिर २०७८

हाल विश्वमै आतंक मच्चाएको कोरोना भाईरसको नयॅा प्रजाती  नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनी देखिएको छ । दक्षिण अफ्रिकाबाट  मंसिर ३ गते नेपाल आएका दुई जना विदेशीमा ओमिक्रोन संक्रमण भएको पुष्टि भएकोछ  ।

अफ्रिकाबाट आएका ६६ वर्षीय विदेशी नागरिकको स्वास्थ्य परीक्षणको क्रममा उनमा नयाँ भेरियन्ट पुष्टि भएको थियो । उनीसँग संपर्कमा आएका ७१ वर्षीय बृद्धमा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

हाल नयॅा भेरियन्ट देखिएका दुवै जना आइसोलेसनमा बसिरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीन सिक्वेन्सपछि दुवै जनामा पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनिहरु सामान्य अवस्थामै रहेको जानकारी पनी प्राप्त भएको छ।

यस कोरोनाको नयॅा भेरियन्ट ओमिक्रोन अहिले सम्म विश्व स्वास्थ्य संगठनले जनाए अनुसार  नेपालसहित ३६ देशका ५७६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हाल राजनीतिक पार्टिहरुको महाधिवेसन चलिरहेको वेलामा निकै तामझामका साथ कार्यकर्ता र सुभेच्छुकहरु बटुलेर शक्ति प्रदर्शन जसरि तामझाम सहित गरिरहेको रीजनैतिक कार्यक्रम गरिरहेको बेलामा नयॅा भाईरस ओमिक्रोनको हेलचेक्र्याई गर्दा आउने दिनमा यसले माहामारीको रुप नलेला भन्न सकिन्न त्यसैले कुनैपनी नयॅा भाईरसलाई नजरअन्दाज नगरौ बेलैमा सचेत बनौ।

नयॅा भाईरस लाग्छ अथवा आउछ भनेर नेपाल सरकारले आफ्नो दक्षिणतर्फको सिमानामा कुनै कडाई नगर्नु र विगत २ महिना भन्दा लामो समयदेखि स्थानीय स्तरमा कोरोना सुन्य भएको हङकङ जस्ता देशलाई आवागमन बन्देजको सुचिमा राख्नुले पनी जानकार मानिसहरुको विचमा मजाकको गफ बनेको छ।

“नयॅा भेरियन्टबाट आफुपनी बचौ र अरुलाई पनी बचाऊ”


Translate »