नारायण भण्डारी हङकङ २६ मे २०२२
नेपाल सरकारले बिदेशमा वसोवास गरिरहेका गैरआवसीय नेपालीलाई डिजिटल परिचयपत्र वितरण गर्ने भएको छ ।
मंगलबार संसदमा आव २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति विद्यादेवी भण्डारीले गैरआवसीय नेपालीलाई यस्तो परिचयपत्र वितरण गरिने जानकारी जानकारी संसदमा गराएकी थिइन ।
साथै सरकारले विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति पनी लिने भएको छ ।
कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको सहकार्यलाई थप विस्तार गरिने र विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने योजना पनि ल्याइएको छ राष्ट्रपती भण्डारीले बताएकी छन।