नारायण भण्डारी २९ असार २०८० हङकङ
गैर आवासिय नेपाली माहसंघ हङकङले आफ्नो नियमित कार्यक्रम अन्तरगतको आदिकवी भानुभक्त आचार्यको २१०औ जन्मजयन्ती एक समारोहका साथ भब्यरुपमा मनाएकोछ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गोकर्ण ढकालले गर्नुभएको थियो भने माहासचिव डिल्ली बिकले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रमको बिशिष्ट अतिथीमा एन आर एन ए हङकङकी निवर्तमान अध्यक्ष टिका गुरुङ यसैगरी हङकङ साहित्यिक साझा श्रृखलाका संयोजक रमण गुरुङ, सह-संयोजक अरुणा शर्मा, पत्रकार एवं कवी नारायण भण्डारी, एन आर एन ए हङकङकी सह-संयोजक अनु राई, यूवा संयोजक ईन्दर पुन र सदस्य रिना कनैजेको उपस्थिती रहेको थियो।
कार्यक्रमको उदघाटन पानसमा बत्ती बाल्नुका साथै आदिकवि भानुभक्त आचार्यको तस्विरमा खदा ओढाएर पुष्पगुच्छा अर्पण गरी हङकङका केहि कवीहरुले भनुभक्त संग संबन्धित कविता वाचन गरेर कार्यक्रमको शोभा बढाएका थिए। कविता वाचन गर्नेहरुमा नारायण भण्डारीले भानुभक्त संग संवन्धित छन्द कविता, अरुणा शर्माले भानुभक्त संबन्धि गद्द कविता र रमण गुरुङले पनि भानुभक्त संग संबन्धित गद्द कविता वाचन गर्नु भएको थियो।
विदाको दिन नपरेकोले संख्यात्मक रुपमा थोरै जनाको उपस्थिती भएता पनि गुणात्मक रुपमा निकै राम्रो गरी कार्यक्रम सम्पन्न भएको थियो।