पाल्पा श्रीनगर समाज हङकङको प्रस्तुती “पाल्पा सॅागीतिक साझ २०२४” हङकङमा सम्पन्न


A7R06066

नारायण भण्डारी हङकङ २४ जुन २०२४

श्रीनगर समाज हङकङको प्रस्तुती “ पाल्पा सॅागीतिक साझ २०२४” भव्यताका साथ सम्पन्न भएको छ। याउ मा तेई को कम्युनिटि हलमा हिजो नेपालका बरिष्ठ कलाकारहरु नारायण रायमाझी, शिरिष देवकोटा, रीता थापा मगर, विमा सारु मगर र नायक धिरेन शाक्य सहितको कलाकारहरुको टोलीले कार्यक्रमलाई थप रोमञ्चक गराएका थिए।

श्रीनगर समाज हङकङको प्रस्तुती “पाल्पा सॅागीतिक साझ २०२४” मा समाजका अध्यक्ष पूर्ण दर्लामी मगरको सभापतित्वमा माहासचिव झलक थापैले सञ्चालन गरेका थिए। समाजका संस्थापक अध्यक्ष गणेश जंग राना प्रमुख अतिथी रगेको कार्यक्रममा हङकङ नेपाली माहासंघकी अध्यक्ष रीता गुरुङ, व्यवसायी बेद खड्का, एन आर एन ए हङकङका अध्यक्ष गोकर्ण ढकाल, हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ लगायतका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई प्रमुख अतिथीहरु रहेका थिए।

A7R05817

सदावहार लोक गायक एवं चलचित्र निर्देशक नारायण रायमाझी लोकदोहोरी प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष रीता थापा मगर, चर्चित लोक गायक शिरीष देवकोटा, लोक गायिका विमा सारु मगर लगायतले आ-आफ्ना प्रस्तुतीहरुले उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए भने पाल्पामा जन्मेर विगत लामो समयदेखि हङकङलाई कर्मथलो बनाउदै आएकी र भर्खरै “मास्टर्नी” गितलाई बजारमा ल्याएकी गायिका मञ्जु थापाले पनि आफ्नो प्रस्तुती प्रस्तुत गरेकी थिईन भने नायक धिरेन शाक्यले स्थानीय कलाकार माया थापासंगै गितमा नृत्य गरेका थिए। हङकङमा रहेको संयूक्त डान्स स्टुडियोले बिभिन्न गितहरुमा आफ्नो प्रस्तुती दिएको थियो। गुल्मी खवरले कार्यक्रमको संपूर्ण भागलाई आफ्नो फेसवुक पेज मार्फल प्रतक्ष प्रसारण गरेको थियो।


Translate »