पि सि आर सुल्क घटाईएको छ निजी रु ५०० र सरकारीमा रु २०० घटेको छ


235A2498 A92A 486F 8596 BA264D61788F

नारायण भण्डारी ५ माघ २०७८

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षण गर्दा लाग्ने आरटी पीसीआरको शुल्क हिजेबाट घटाएको छ । निजी अस्पताल सञ्चालकहरूको संगठन (अफिन) का वरिष्ठ उपाध्यक्ष एवं अल्का अस्पतालका अध्यक्ष कुमार थापाले शुल्क घटाएसँगै हिज बुधबारबाटै कार्यान्वयनमा आइसकेको स्पष्ट पार्नुभयो ।

सरकारी अस्पतालहरुमा पीसीआर गर्दा २ सय रुपैया र निजीमा ५ सय रुपियाँ घटाइएको छ । मूल्य घटाएसँगै बुधबारबाट सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा १ हजार ५ सय रुपियाँमा पीसीआर परीक्षण शुरू गरिएको छ ।

अस्ती मंगलबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पीसीआर परीक्षण मूल्य घटाउने वचन दिनुभएको थियो । त्यसको भोलिपल्टै शुल्क समायोजन उपसमितिको बैठक बसी शुल्क घटाउन निर्णय गरेको थियो यसरी आजको भोलिनै वचन पुरागर्ने र जनताको हितमा कामगर्ने हरुलाई सधै जनताले मनमा संझिरहन्छन।

तर यो सुल्क घटाएको निर्णय चाही आगामी दुई महिनासम्म मात्र लागू गर्ने सहमति भएको  थियो । उहाँले भन्नुभयो– ‘हामीले दुई महिनापछि पुनर्विचार गर्ने गरी सहमति गरेका हौं, मन्त्रालयले सोहीअनुसार निर्णय गर्नेछ ।’

आगामी २ महिना पछिको अवस्था हेरेर सुल्कमा थपघट गक्ने वा स्थिर राख्ने बारेमा पनी पछि नै निर्णय हुनेछ।


Translate »