नारायण भण्डारी २२ अप्रिल २०२२
हङकङको चुन वान जिल्लाको प्रहरी विशेष ड्युटी टोलीले सूचनाको आधारमा र गहिरो अनुसन्धानपछि आज दिउँसो क्यासल पीक रोडको चुन वान खण्डमा रहेको एउटा पसलमा छापा मारेर अस्लिल भिडियोको डिस्क बेच्ने एकजना संलग्न व्याक्तिलाई पक्राउ गरेको छ।
उक्त अपरेसनको क्रममा प्रहरी अधिकारीहरूले करिब HK $ ६० हजार मूल्यको लगभग ४ हजार ५ सय पोर्नोग्राफिक डिस्क र थोरै नगद जफत गरे। एक ४९ वर्षीया महिलालाई “प्रकाशनका लागि अश्लील लेख राखेको” र “अश्लील लेख प्रकाशित गरेको” आशंकामा पक्राउ गरिएको थियो। पक्राउ परेकी महिलालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।