प्रवासी नेपाली एकता समाजको बैठक हङकङमा सम्पन्न


24E440FC 7783 493E 962C 64BFE9C80D7A

नारायण भण्डारी २७ नोभेम्बर २०२१

प्रवासी नेपाली एकता समाज हङकङको बैठक २६ नोभेम्बर मा हङकङमा रहेको ब्लु ओसन रेटुरेन्टमा आकस्मीक बैठक समाजका अध्यक्ष इश्वर विक्रम शाहको अध्यक्षता र सचिव पुष्कर शाहको संचालनमा सुरुभएको वैठकले हाल देशमा भैरहेको स्थितिको वारेमा केन्द्रित रहेको थियो । उपस्थित अधिकांस वक्ताहरूले देशको राजनीतिक जीम्मेवारी अव युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने मनसाय व्यक्त गर्नुभएको थियो ।

2E4C331F D75F 47E3 874D DD9DFE584D3F

“एसिया प्यासिफिक का संयोजक लक्ष्मी प्र खापुङ लाई खादा लगाएर सम्मान गर्दा विश्व झापाली समाज का अध्यक्ष

5B304303 FA48 4EA0 9AA0 E5CD63086AA0

रा प्र पा प्रभास बिभाग केन्द्रिय सदस्यमा मनोनीत अध्यक्ष ईश्वर बिक्रम शाहलाई व्यवसायी तुल्सी उप्रेतीले खादा लगाई सम्मान गर्दै

 

CF7518A0 39FD 47BF B6A1 B3C4BFF5C26E

सागर थापा लाई अधिबेसन प्रतिनिधिको रुपमा हङकङबाट नेपाल पठाउने तयारी साथमा अधिबेसन सफलताको शुभकामना”

 

नेपाली एकता समाज नेपालमा रहेको राजनीतिक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी को भातृ संगठन रहेको छ । हाल देशमा रहेका संपूर्ण राजनैतिक पारिहरुमा आफ्नो उमेरले डाडो काट्दा सम्मपनी कुर्चि मोह नत्याग्ने नेताहरुले अवको देशको नेतृत्व युवावर्गका नेताहरुलाई समयमै सुम्पेर देशलाई वर्वादिकरण हुनबाट जोगाउनुपर्ने धारणा व्याक्त गरेका थिए । आफ्न पाटि राप्रपा पनि कहिले विभाजन हुने र कहिले पर्टिलाई बन्धक बनाएर राख्ने प्रवृतिले गर्दा पनी कार्यकर्ता हरुमा नैरास्यता छाएको अधिकांश वक्ताहरुले वताएका थिए ।

 

हिजोको बैठकले निम्न विषयहरूमा हलफल गरेको थियो ।

रा प्र पा प्रभास बिभाग केन्द्रिय सदस्य ईश्वर विक्रम शाहको स्वागत भासणवाट परिचयात्मक कार्यक्रम गरी अगाडी वढाईएको थियो ।

प्रस्तव नं. १ प्रवासी नेपाली एकता समाजका सह – अध्यक्ष श्री लक्ष्मी प्र खापुङ ज्यू एसिया प्रसान्तको संयोजकमा नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्नुको साथै खादा ओढाएर सम्मान पनि गरिएको थियो ।

प्रस्ताव नं. २ . यस समाजका अध्यक्ष श्री इश्वर विक्रम शाह  रा प्र पा  प्रवास बिभागको केन्द्रीय सदस्यमा नियुक्त हुनुभएकोमा बधाई एवं खादा लगाएर सम्मान पनि गरिएको थियो।

प्रस्ताव नं. ३ . महाअधिवेसन प्रतिनिधिमा श्री सागर थापा ज्यू लाई पार्टिको अधिवेशनमा उपस्थितिको लागि शुभकामना व्याक्त गरिएको थियो ।

प्रस्ताव नं ४ . राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय अध्यक्षको नेतृत्वको लागि आगामी दिनमा यूवा नेतृत्वलाई पार्टिको अग्रपंतिको विश्वास सहित यूवा नेतृत्वलाई सहयोग पुर्याउने प्रतिबद्धता व्याक्त गरिएको थियो ।


Translate »