जनचाहाना पुरा गर्नु हो भने प्र म ज्यु प्रेम संजेललाई अख्तियार मा ल्याउनुस


667C62E1 F82D 41DF 852E 0534D7EEE5A0

१३ अगष्ट २०२१

नारायण भण्डारी

हालको गठबन्धन को सरकारको तारिफयोग्य काम यस भन्दा पहिले को ओली सरकारले अयोग्य ठानेको नेपाल बिधुत प्राधिकरणका पूर्व  प्रमुख कुलमान घिसिङलाई प्राधिकरणमा कार्यकारी अध्यक्ष बनाउन आनाकानी गरेर उनलाई हटाएर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको प्रमुख त बनायो तर शाक्य प्रमुख बनेको ११ महिनामानै प्राधिकरण मा संचित रहेको ११ अर्व नाफालाई ६ अर्बमा पुर्याईयो तर खासै प्रगती देखाउन नसकेका ओली निकट शाक्यलाई अहिलेको गठबन्धन सरकारका तर्फबाट उर्जामन्त्री पंफा भुसालको पहलकदमीमा कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउने जमर्को पुरा भएको हो।

यदि प्रधानमन्त्री शेरवहादुर देउवाको गठबन्धन सरकारले साच्चैनै राम्रा काम गरेर जनताको चाहाना अनुरुप अगाडी बढ्ने हो भने अब जनताले चाहेका निडर र साहासिला ब्याक्ति प्रेम संजेललाई पनी जनताको आवाजले नै कुलमान घिसिङ नियुक्त हुनुभयो। अब हामीले अर्को आवाज उठाउ भ्रष्टाचारीलाई खोरमा थुन्न सक्ने राष्ट्रसेवक शक्तिशाली क्षमता भएका प्रेम संजेललाई अख्तियार प्रमुखमा ल्याउनुपर्छ।  जनताको आबाजलाई सरकारले सुन्दै जनचाहाना अनुरुप काम गर्दै जाने हो भने अहिलेको सरकारमात्र नभएर आगामी चुनाव मा पनी राम्रो बहुमत पाउने पथमा देउवा सरकार लागेको अनुभुती हुन्छ। हुने त प्रधानमन्त्री शेर बहादुर देउवाले  सपथ ग्रहण को समयमा मेरो अब यो अन्तिमपटक प्रधानमन्त्री हो त्यसैले तपाईहरुको साथ सहयोगको अपेक्षा गरेका थिए तर यदि प्रधानमन्त्री शेरवहादुर देउवाकले जनचाहाना अनुसार का कामहरु गर्दैगएभने यसको दीर्घ कालीन फाईदा उनकै पार्टी नेपाली कांग्रेस लाई हुनेमा कसैको दुईमत भने हुन सक्दैन  त्यसैले लगन अगाडीनै पोते किन्नुस प्रधान मन्त्री ज्यू ।


Translate »