बिदेशबाट हङकङमा आउनेहरुका लागि क्वारेन्टाईन छोट्याईने


5169B435 B9C0 4B16 B6DD F21A7E8F587F

नारायण भण्डारी हङकङ १७ मार्च २०२२

हङकङ सरकारले हङकङ बाहिरका आफ्ना नागरिकहरुलाई २१ दिनको क्वारेन्टाईन बाट १४ दिनमा झारेको थियो तर पनी मानिसहरुलाई होटलको बसाई महंगो र पट्यारिलो लाग्दै आएको पनी छ।

बिदेशबाट आउनेहरुको लागि क्वारेन्टाईन को समय घटाउने बारेमा छलफल गरिरहेको र घटाउने बलिया आधारहरु समेत रहेको र आगामी हप्ता उक्त कुराको जानकारी आगामी हप्ता गराउने कुरा हङकङ सरकार प्रमुख क्यारी लामले आज जानकारी गराईन।

आज बिहानको पत्रकार सम्मेलनमा लामले सरकारले आगामी अप्रिल २० सम्मका लागि महामारीविरुद्धको पछिल्लो उपाय घोषणा गर्ने बताएकि छन ।

सरकारले जनस्वास्थ्य र अर्थतन्त्रको सन्तुलन र नागरिकको सहिष्णुताको स्तरलाई नियन्त्रण गर्ने सुनिश्चित गर्नेछ, उनले भनिन्।

हङकङले हाल अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकालगायत नौवटा देशबाट आउनेलाई प्रतिबन्ध लगाएको छ। यो नीयम अप्रिल २० सम्म रहनेछ कुरा पनी जानकारी गराईन।

अन्य विदेशी देशहरूमा गएका हङकङका बासिन्दाहरूलाई मात्र पूर्ण खोप लगाएका मानिसहरूलाई फर्कन अनुमति दिइनेछ, उनीहरूले तोकिएको क्वारेन्टाइन होटलमा १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ।

धेरै जसो कोविड बिरामीहरू र नजिकका सम्पर्कहरूलाई अब सात दिनको घर अलगाव पछि फ्रि जान अनुमति दिइने बेलामा फर्किने व्यक्तिले हङकङले अन्तर्राष्ट्रिय आगमनहरूलाई १४-दिनको होटेल क्वारेन्टाइनमा बाध्य पार्ने बारे मानिसहरुले आफ्नो निराशा व्यक्त गरेपछि यो कुरा बाहिर आएको हो।


Translate »