निवर्तमान अध्यक्ष कमल थापाको बहिर्गमन ले हामी स्तब्ध छौ ईश्वर बिक्रम शाह अध्यक्ष


FDF74B08 F648 43F4 B901 599B81279082
नारायण भण्डारी हङकङ ०९ फेब्रुवरी २०२२

राष्ट्रिय प्रजातन्त्र पार्टिको भातृ संगठन “प्रवासी नेपाली एकता समाज हङकङ” ले आफ्ना निवर्तमान अध्यक्ष कमल थापाको बहिर्गमनले हामी  स्तब्ध भएका छौ भनी दुःख प्रकट गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टिलाई निकै कठिन मोडमा हुदापनी दिनरात नभनी कतिपनी बिचलित नभईकन पार्टिको सुदृढिकरणमा लाग्नुभएका पार्टिका निवर्तमान अध्यक्ष एवं पुर्व उप प्रधान मन्त्री कमल थापाले पार्टिबाट बहिर्गमन गर्नुले पार्टिमा क्षति पुगेको छ।

निवर्तमान अध्यक्ष कमल थापाको बहिर्गमनले गर्दा हामी देश भित्र र देश बाहिर रहने देशलाई माया गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टिमा आवद्ध र पार्टिलाई मायागर्ने संपूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु कतिपनी बिचलित नभई एक भएर पार्टिलाई के कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। पार्टिको संगठन बिस्तार र सुदृढिकरणको लागि “प्रवासी नेपाली एकता समाज हङकङ” हर समयमा जुनसुकै तवरले पनी सहयोग गर्न तत्पर रहेका छौ- ईश्वर बिक्रम शाह अध्यक्ष तथा संपूर्ण प्रवासी नेपाली एकता समाज परीवार।

73D4CABB F3A4 4DC2 9C89 14DBE9D1C3D1

 


Translate »