नारायण भण्डारी २३ मंसिर २०७८
भ्रष्टाचार विरोधी हामी नेपाली हाम्रो नेपालका संरक्षक ज्ञानेन्द्र शाही लगायतका टिमले राप्रपाका नव नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन लाई बधाई दिन पुगेका छन। राप्रपाका नव निर्वाचित अध्यक्ष निर्वाचित भएसंगै रा प्र पा मा आशा गरिएका युवा नेता राजेन्द्र लिङ्देनलाई बिभिन्न तह र तप्काका मानिसहरुले बधाई दिनेक्रम दैनिक चल्दै आईरहेको छ।
यसै क्रममा भ्रस्टाचार बिरोधि अभियान चलाईरहेका यूवा ज्ञानेन्द्र शाहिको टोलिले पनी रा प्रपा का नव निर्वाचित अध्यक्ष समक्ष भने अब नया उर्जा नेपालको राजनीतिमा आएको छ विदेशी योजना अनुसार चलेको नेपालमा देशभक्त युवाको कमि महसुस हुदै आएको थियो यस्तो अवस्थामा एउटा देशभक्त योद्धा को उदय भएको छ जसले नेपाललाई देशभक्त ले बचाउने छ भन्ने संकेत प्राप्त भएको छ भनेर निकै आशा गरिएका व्याक्तिले राप्रपाको नेतृत्व पाउदा खुसिलागेको वताए।
रा प्र पा पार्टि भित्र मात्र नभएर अव रा प्र पा बाट अन्य पार्टिले पनी युवाहरुलाई कामगर्ने र पार्टिको जिम्मेवारी दिनुपर्ने बेलाआएको पाठ सिक्नुपर्ने बेला आएको छ। भर्खरै सम्पन्न ए मा ले को दशौ अधिवेसनवाट अध्यक्षमा पुनः के पि ओली बिजयी भएका छन भने आजवाटै सुरु भएको नेपाली कांग्रेसको अधिवेसनमा पनी सेर बाहादुर देउवा नै दोहोरिने र पार्टिलाई गतिसुल रुपमा अगाडी बढाउन नसक्दा नेपाली कांग्रेसमा आस्था राख्ने हजारौ कार्यकर्ता निराश भने पक्कै हुनेछन।
जयरी रा प्र पा को अध्यक्षमा पराजित भएपछि कमल थापाले बिभिन्न बाहाना र आरोपहरु लगाउदै आएका छन। उनकै प्रतिद्वन्दि राजेन्द्र लिङदेनले भने कमल थापाको भनाईलाई कुनै आक्षेप नलगाई उनलाई सम्मानजनक स्थानमा राखेर निवर्तमान अध्यक्ष त्रयको सल्लाह र सुझावले आफु अगाडी बढ्ने र पार्टिमा गुट र उपगुटको समय सकिएको बताउदै आएका छन।
हेक्का राखौ र परिआएमा खवरदारी गरौ नव निर्वाचित अध्यक्ष लिङदेनलाई आफुले अहिलेसम्म कसैलाई धोका नदिएको र आगामी दिनमा पनी कसैलाई निराश नवनाउने कुरा भाषणमा र आफ्नो फेसवुक स्टाटसमा पनी लेखेका छन। आशागरौ जसरी रा प्र पा को नेतृत्वमा राजेन्द्र लिङदेन आएपछि पुराना पार्टि छोडेर गएका पनी पुनः पार्टिमा फर्कने क्रम जारी रहेको छ र नयॅा पार्टि प्रवेस गर्नेहरुपनी देखिएका छन।