नारायण भण्डारी हङकङ ३१ डिसेम्वर २०२१
राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रिय कार्यालय काठमाण्डौको धुम्वाराहिमा आज आयेजित कार्यक्रममा बिभिन्न तह र तप्काका गरि कुल १४३ जना बिशिष्ट व्याक्तिहरुले पार्टि प्रवेश गरेका छन जसमा चर्चित धार्मिक अभियान्ता देखि पूर्व सुरक्षाकर्मि र सामाजिक अभियान्ताहरु समेत रहेका छन।
राप्रपामा नव प्रवेशि सदस्यहरुलाई रा प्र पा का नव नियुक्त अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक धार्मिक अभियन्ता अभिषेक जोशी, अभियन्ता अमर परियार, अभियन्ता बुद्ध पुरुष, साधना कला केन्द्रका अध्यक्ष, संगीतकार मिलन मोक्तान, कृषि टेलिभिजनका अध्यक्ष तेज विक्रम थापा, पूर्व एसएसपी दिपक रञ्जित, बौद्ध गुरु लाक्पा तामाङ, नेपालका लागि नेपाली पार्टीका सचिव सुदर्शन थापा, केन्द्रीय सदस्य धार्मिक प्रमुख दिपक सुवेदी, महिला प्रमुख हुमा पाण्डे, शिवसेना नेपालका केन्द्रीय सदस्य कुमार बस्नेत लगायत सामाजिक जीवनका विभिन्न महत्त्वपूर्ण १४३ जनालाई आज केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टिका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन वनेपछि पार्टिमा फर्कने र नव प्रवेश गर्नेको लर्को नै लागेको छ । सायद नेपाली जनताले राम्रो नेता नपाएको र सबाले हचुवाको भरमा गफमात्र दिने नेपाली जनतालाई विकाश र निकाश केहि नदिने देशमा शान्तिसुरक्षा र जनधन साथै दैनिक घरेलु हिंसा वलत्कार अपहरण लगायतका घटनामा प्राय केन्दिय नेताहरुको ध्यान नगएको देखिन्छच।
अहिले रा प्र पा को अध्यक्ष भएपछि गरेका काम कुरा र स्पस्ट वोल्ने हक्कि स्वभावका र आशालाग्दो नेता भएको कारणले पनी राजेन्द्र लिङदेन पट्टि नेपाली जनताले भरोशा गर्नु कुनै नयॅा किरा होईन यदि नेता लिङदेलले भनेजसरी कामपनी गर्दै गएभने रा प्र पा पुरानै लयमा फर्केर संसदिय चुनावमा ठुलै जित हातपार्न कत्ति बेर लाग्दैन।