नारायण भण्डारी २ पौस २०७८
नेपालमा भर्खरै सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टि (रा प्र पा) बाट राप्रपाका प्रभावसाली संस्थापक नेता एवं पूर्व पार्टि सभापती उपप्रधान मन्त्री समेत भै सकेका नेता कमल थापालाई पराजित गरी सभापतीमा विजयी रा प्र पा का आशाका केन्द्र जनताको मुटुमा बस्न सफल माननीय श्री राजेन्द्र लिङ्देन आफ्नो गृहजील्ला झापामा आफ्ना जिल्लावासी कार्यकर्ता तथा शुभ चिन्तकहरुको निमन्त्रणामा भोलि पौष ३ गते जानुहुने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टिको सभापतीमा विजयी भएपछि नेता लिङदेन पहिलो पटक आफ्नो गृहजिल्ला जान लाग्नुभएको हो। झापाको विर्तामोडमा आयोजित स्वागत सम्मान एवं पार्टिमा समान विचार राख्ने र रा पेर पा लाई मायागर्ने धेरै जनताहरु पार्टि प्रवेशगर्ने कार्यक्रम समेत रहेको कुरा हामीलाई प्राप्त भएको छ।
नेता लिङदेन झापामा तिनदिनसम्म रहेर त्यहाको अहिलेको वस्तुस्थितीको बारेमा बुझ्ने आगामी कार्यदिशा र रा प्र पा को योजना बिषयमा समेत छलफल हुनेछ। साथै झापा जिल्लामा बिभिन्न कार्यक्रहरुमा समेत सहभागी हुने र आफ्ना पार्टि कार्यक्रता र शुभचिन्तकहरुसंग समेत भेटघाटको कार्यक्रम पनी तय भएको छ।
हालै सम्पन्न भै रहेका राजनीतिक पार्टिहरुको महाधिवेशनमा नयॅा पुस्तालाई पार्टिको जिम्मेवारी हस्तान्त्रण गर्ने व्यापक हल्ला चलेपनी रा प्र पा ले भने आफ्नो पार्टिको साचो होनहार आशालाग्दा र शालीन व्याक्तित्व भएका आफ्ना युवा नेता राजेन्द्र लिङदेनलाई सुम्पिएर आफ्नो पार्टिलाई समयानुकुल अगाडी बढाउने जिम्मेवारी सुम्पेको छ।