नारायण भण्डारी हङकङ २८ नोभेम्बर २०२२
हङकङमा आज सोमबार बिहान पोक फु लामको एक उच्चस्तरीय फ्ल्याटमा लग्जरी घडीलगायत बहुमूल्य सामान लुटिएपछि प्रहरीलाई खबर गरेर बोलाइएको थियो ।
आज बिहान करिब ९ बजे बागियो भिलाको फ्ल्याटमा भाडामा लिने महिला लुटपाट भएको सङ्केतले घरमा पूरै हल्सा खल्सा मच्चिएको थियो ।
प्रहरी अधिकारीहरूलाई घटनास्थलमा बोलाइएको थियो र प्रारम्भिक अनुसन्धानले भाडामा बस्ने मानिसको केही लक्जरी घडीहरू लुटेको देखाएको थियो।
अधिकारीहरूले एस्टेटको निगरानी क्यामेरा फुटेजको अबलोकन गरे तर अहिलेसम्म कुनै पनि संकास्पद व्याक्तिलाई गिरफ्तार गरिएको छैन।