साहित्यिक चौतारी नेपाल मलेसिया शाखाकाे अायाेजनामा तिज बिशेष कार्यक्रम सम्पन्न


5F71592C F6CB 4A31 A1D3 1C0B8C375A9D

राम प्रसाद सुबेदी संगम  मलेसिया सेप्टेम्बर ६ तारिख

साहित्यिक चौतारी नेपाल मलेसिया शाखाकाे अायाेजनामा तिज बिशेष कार्यक्रम सम्पन्न भएकाे छ । अाईतबार साहित्यिक चौतारी नेपाल मलेसिया शाखा अध्यक्ष खेम मगर कान्छाकाे सभापतित्व, बरिस्ठ गजलकार तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य बूँद रानाकाे प्रमुख अतिथ्यता,नेपाली राजदुतावास मलेसियाकि दितिय सचिव यसु बस्नेत र साहित्यिक चौतारी नेपाल केन्द्रीय समिति, संस्थापक अध्यक्ष,सन्दीप संग्रौला ‘दिलदुखी’काे बिशिस्ट अाथित्यतामा तिज विशेष शुभकामना अादानप्रदान संगै परिचयपत्र बितरण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा हिन्दु नेपाली नारीहरुकाे महान चाड हरितालिका तिजकाे अवसर पारी तिज बिशेष शुभकामना अादान प्रदान, यसअघि पुनरगठित साहित्यिक चाैतारी नेपाल मलेसिया शाखाका पदाधिकारी तथा सदस्य हरुलाई संस्थाको अाधिकारिक परिचयपत्र बितरण कार्यक्रम संगै ८ जना साहित्यकारहरुले विभिन्न बिधाका रचना वाचन समेत गरेका थिए ।कार्यक्रममा भक्त कार्कीले कबिता वाचन, बेहोसि कृष्ण कार्की, रेसम राज बोगटी,खिमु काउचा गरिब, बासुदेब कुमार दनुवार र तारा सोमै मगर संकल्पले गजल वाचन त्यस्तै मोती निरौला र एकदेव कुमार चौधरीले मुक्तक वाचन गरेका थीए।

साहित्यिक चौतारी नेपाल मलेसिया शाखा बरिस्ठ उापाध्यक्ष माेति निराैलाकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रममा जनउद्दार केन्द्र मलेसियाका अध्यक्ष केशु थापा,नेपाली मजदुर एकता समाजका केन्द्रीय महासचिव समर्पण भट्टराई, साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखा अध्यक्ष मेनुका शर्मा जिज्ञासु,नेपाली जनता खबर.कमका पत्रकार भिम लुहार, साहित्यिक चौतारी नेपाल मलेसिया शाखा पुर्ब बरिस्ठ उपाध्यक्ष दल बहादुर लामा, नेपाली मजदुर एकता समाज मलेसिया समितिका अध्यक्ष अर्जुन सींह अनुरागी लगायतका शुभकामना मन्तब्य राखेका थिए।

2E1BEAAA 9A01 46C8 8962 899964944158

बिश्व महामारीको रुपमा फैलिएको काेभिड १९ काेराेना भाइरसका कारण बर्तमान समयमा भाैतिक उपस्थिती जनाएर कार्यक्रम गर्न नसकिने कुरालाई मध्येनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरिएकाे थियाे। साहित्यिक चौतारी नेपाल मलेसिया शाखाकाे फेसबुक पेजमा फेसबुक लाईभ मार्फत बिश्वब्यापी रुपमा हेर्न र सुन्न मिल्नेगरी प्रशारीत कार्यक्रमकाे सञ्चालन साहित्यिक चौतारी नेपाल मलेसिया शाखा संरक्षक राम प्रसाद सुबेदी संगमले गरेका थिए भने प्राविधिक सहयाेग शिरीष बन्जाडेले गरेका थिए ।


Translate »