आर्यन भण्डारीको व्यंग्य कविता “सर्प पाल्न अर्व रुपैया”


BFC9BC8E E233 4A8A 9C04 157231FC2E81
व्यंग्य कबिता  “सर्प पाल्न अर्ब रुपैसा”

सर्प पाल्न नेता जि लाई अरबौको दाम
गरीव जन्ता मरी राछन खान नपाई माम

नेता पनी तिमी आफै भ्रष्टाचारमा पनी
अरब माग्न तिमी थाल्यौ सर्प पाल्न भनी

ए नेता कहिले काहि त जनतालाईनी हेर
भोट तिम्लाई दिएका हुन जाने छैन खेर

फेरी पनी भोटमाग्ने आउदै छ नी दिन
जन्ता भोकले मर्दाखेरी सर्प पाल्ने किन

बचाउ बरु जनतालाई देलान भोट फेरी
दुखमा काम लाको नेता तिमीलाई नै हेरी

कोरोना र सलहनी देशमा आयो यसै पाली
सबैबाट कमीसन पाउदा बजाएहौला ताली

आखीर जे काम गरेपनी नेतालाई नै राम्रो
गरीवको घरमा कहिले चुलो बल्ला हाम्रो

भोट दिई जिताएर पुर्यायौ त्यो ठाउमा
बजेट एसो ल्याउन परो हाम्रो पनी नाउमा

न त बनाउ सडक बाटो न त खाने पानी
गरीवको जिवन अझै अध्यारोमै जानी

चुनाबको बेला तिमी बुझ्छौ हाम्रो मुल्य
तिमी जितेपछि मालामाल हामी मरेतुल्य

कति हानौ व्यंग्य तिमीलाई बसी बिदेशमा
उद्योग धन्दा चलाएर बस्न मनछ स्वदेशमा

नारायण भण्डारी “आर्यन”
सत्यवती ६ जोहाङ गुल्मी
हाल कर्मभुमी हङकङबाट
१० Sep २०२० प्रात ०९:५० बजे


Translate »