नारायण भण्डारी ३१ जेष्ठ २०७९
नेपाल सरकारले भोलि अर्थात असार १ गते देखि कार्यालय समय पुरानै निर्धारण गरेको छ । दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले कार्यालय समय ६ दिन लागु गर्ने भएको हो ।
मन्त्रिपरिषदको मिति २०७९/०२/२३ गतेको बैठकले परीक्षणको रुपमा ०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ, गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै भनेको छ, “सबै मातहतका सरकारी कार्यालयहरूमा आतबारदेखि विहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।”
शुक्रबार कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने कुरा पनी मन्त्रालयले जनाएको छ ।
हात्ती आयो हात्ती आयो फुस्सा भएको छ