लागु औषध बिरुद्धको सचेतना र अभिवाकीय शिक्षा गोष्ठी सम्पन्न


0A5755DB 2577 453D 8252 6913B1503F3A

नारायण भण्डारी हङकङ १५ मे २०२२

हङकङ नेपाली महासंघको आयोजनामा आज १५ मे २०२२ का दिन हङकङको जोर्डनमा रहेको ब्लुओशन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा लागुऔषधको दुर्व्यसनको बारेमा बिभिन्न संघ संस्था र व्याक्तीहरुले प्राकास पारेका थिए।

बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु र विभिन्न तह र तप्काका व्याक्तिहरु सम्मिलित व्याक्तिहरुले बिभिन्न बृतचित्रका साथै प्रोजेक्टर मार्फत सक्दो जानकारी दिने प्रयास गरेको थिए। उक्त कार्यक्रममा NRNA हङकङका अध्यक्ष गोकर्ण ढकाल, निवर्तमान अध्यक्ष राधिका  गुरुङ, समाजसेवी एवं लेखक कमल पौड्याल, कृष्णराज लावती अध्यक्ष नेपाली जनजाती माहासंघ, मिस ईभा चोए हङकङ पुसिस सर्जन एवं कम्युनिटि रिलेसन अफिसर याउ चिङ मोङ डिस्ट्रिक, मिस ओलिभिया ल्योङ प्रोजेक्ट मेनेजर द सोसाईटि एड एण्ड रिलेसनसिप अफ ड्रग एव्युसर्स (SARDA), मिस संझना गुरुङ सिनियर पिर सपोर्ट- द सोसाईटि अफ रिह्याविएसन एण्ड क्राइम प्रिभेन्सन हङकङ (SRACP), मिस्टर ईन्द्र बहादुर थापा सिनियक पिर सपोर्टर (SRACP), लगायत बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधीहरु पत्रकार लगाएत बिधार्थी भाईबहिनीहरुको पनी उल्लेख्य सहभागिता रहेको थियो।

हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पानसमा वत्तिवालेर सुरु गरिएको थियो।यसैगरी नेपाली समुदायबाट हङकङ पुलिसमा सेवारत निरज गुरुङको पनी सहभागिता रहेको थियो। उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई मायाको चिनो टोकन अफ लभ वितरण गरिएको थियो। जसमा मायाको चिनो पाउने संघ संस्थाहरुमा मिस ओलिभिया ल्योङ प्रोजेक्ट मेनेजर द सोसाईटि फर द एड एण्ड रिहाविएसन अफ ड्रग एव्युस (SARDA) ले हालमा हङकङमा लागुऔषध प्रयोगकर्ताको बारेमा जानकारी गराउनु भएको थियो। यसैगरी मिस संझना गुरुङ सिनियर पिर सपोर्टर द सोसाईटि अफ रिहाविएसन एण्ड क्राईम प्रिभेन्सन हङकङ (SRACP) प्रोटेक्टिभ फ्याक्टर्स फोर ड्रग एव्युस प्यारेन्टियल स्किल ईन्ह्यासमेन्ट एण्ड एडोल्सेन्ट्स प्रोबोलम सोल्भिङको वारेमा जानकारी गराउनु भएको थियो   र मिस्टर निरज गुरुङ हङकङ पुलिस फोर्स टेक फोर्स सव युनिट याउ मा तेई डिस्ट्रिकमा कार्यरतले स्थानिय कानुन र पेनाल्टिज फोर ड्रग एव्युस एण्ड ड्रग ट्राफिकिङ डाइरेक्ट क्वन्सिक्वन्सेज अफ ईङ्गेजिङ इन ड्रग ट्राफिकिङको वारेमा जानकारी गराएका थिए।  तिनैवटा संस्थाका प्रतिनिधिलाई टोकन अफ लभ बितरण गरिएको थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई कोरोना माहामारीबाट बच्ने सामाग्रिहरु उपहारको रुपमा सबैलाई बितरण गरिएको थियो भने कार्यक्रम सुरुहुनुभन्दा पहिले बुफेट लञ्चको व्यवस्था समेत गरीएको थियो संपूर्ण कार्यक्रमको लाईभ प्रस्तुती गुल्मेली अनलाईन टिभीको फेसवुक पेजवाट गरीएको थियो।

 


Translate »