हङकङमा घर बनाउदै गरेको स्काफोल्ड भात्किदा हेप्पि भ्यालीमा २ जना कामदारको अवस्था अज्ञात


3C337599 CDA0 4DA3 9ED2 A86118FD2AFA

नारायण भण्डारी हङकङ ८ अक्टोवर  २०२१

हङककङको हेप्पि भ्यालीमा निर्माणाधीन स्काफोल्डिङ कोल्याप्स भएको छ। हङकङ मौसम बिभागले हावाको बेग निकै जोडसंग चलेको सुचना बिहानैबाट जानकारी गराईरहेको छ T3 यसलाई हङकङको भाषामा ताईफुन सिग्नल नम्वर ३ भनिन्छ र यो ३ नम्वर जारी भएसी हङकङमा संचालित किन्डरगार्डेन स्कुल बन्द हुन्छन।

यसरी ३ नम्वर जारीहुदाको हावाको बेग ४१ देखि ६२ किलोमिटर प्रति घन्टाको दुरीमा चलेको छ। ४-३८ ब्रोडवुड रोडमा  बिहानको १०:१६ मिनेट जादा १० मिटरको विल्डिङको बाहिरी सतहको पर्खाल जोडसंग चलेको हुरीकोकारणले भत्किएर सडक नै अवरुद्ध पारेको छ। उक्त भत्किएको केहि भाग पाखोपट्टि परेको छ भने त्यो ब्लिडिङमा जोड्दै गरेको स्काफोल्डिङके प्लाटफमले  २ वटा कार च्यापिएको जानकारी गराईएको छ र उद्दारकर्मि त्यसतर्फ लागिसकेका छन।

219C7778 42CA 41E7 A281 FAE7894EFC42

यो समाचार तयार पार्स्दासम्म स्रोतले  जानकारी गराए अनुसार २ जना ड्राईभरहरु च्यापिएको र उनिहरुको उद्दार भैसकेको समाचार प्राप्त भएको छ। र २ जना महिला कामदारको अवस्था अज्ञात रहेको छ।

हङकङको ट्राफिक बिभागले स्काफोल्डिङ कोल्याप्स भएका कारण उक्त ब्रोडवुड रोड भएर चल्ने गाडिहरुलाई नजीकै रहेको  राउण्ड ट्रिप बेभर्लि हिल्स रोड प्रयोग नगर्न र उक्त बाटो बन्द भएको जानकारी गराएको छ।


Translate »