कांग्रेसको १४औ महाधिवेशनबाट पुरानै अनुहार विजयी पार्टि कतातिर जाला अव ?


6FF8A4BF FFB9 4D4F 8CC3 99846A394801

नारायण भण्डारी १५ डिसेम्वर २०२१

भर्खरै सम्पन्न नेपाली कांग्रेसको  १४औ महाधिवेशनबाट सभापतिको पदमा पुरनै अनुहारका शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा  उनले आफ्ना प्रतिद्वन्दि  शेखर कोइरालालाई भारी मतअन्तरले हराउँदै विजयी भएका हुन् ।

पहिलो मतदानमा निस्चित ५१% मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान गरिएकोमा  देउवा र  शेखर कोइरालाबीचको मतअन्तर ९०७ रहेको छ । यसले कांग्रेसका प्रतिनिधिहरु नयाँ नेतृत्वको पक्षमा नभई पूरानै नेतृत्वको पक्षमा रहेको देखिएको छ । देउवालाई अहिले सम्म जनतामाझ अलोकप्रिय रहेको भन्दै आएपनी  अब नयाँ नेतृत्व चयन नगरे सो पार्टी झन धरासायी हुने आवाज सामाजिक सञ्जालमा चर्कोरुपमा उठे पनि कांग्रेसको १४औं महाधिवेशनले त्यसलाई गलत सावित गरिदिएका छन् ।

हिजोनैगरिएको  दोस्रो चरणको मतदानमा कुल ४५६२ मत खसेकोमा वन निर्वाचित सभापती शेरबहादुर देउवाले २७२४ मत पाए भने शेखर कोइरालाले १८१७ मत पाएका थिए वीकि रहेका ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा सभापति निर्वाचित हुन खसेको मतको बहुमत अर्थात ५० प्रतिशतभन्दा बढि ल्याउनुपर्ने प्रावधान छ ।

पहिलो चरणको सभापतिको निर्वाचनमा प्रतिस्पर्धामा ५ जना रहे पनि कसैको पनि बहुमत नआएपछि दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणको मतदानबाट परिणाम देखिसकेपछि प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ थोरै मत आएकोकारणले बाहिरिएर दोस्रो चरणमा देउवा र कोइरालाबीच मात्रै प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणमा सिंह, निधि र गुरुङले देउवालाईनै समर्थन गरे पनि  अर्का सभापतिका उमेद्वार शेखर  कोइरालाले पहिलो चरणमा भन्दा मत बढि पाएका थिए।

 


Translate »