नारायण भण्डारी हङकङ ३० मार्च २०२१
हङकङमा अझैपनी कतिपय मानिसहरु सडकमै रातकाटने गरेकाहरु छन। दिनभरी यताउता वरालिने माग्ने वा कहि कतै काम गर्ने र राति सडकमा वा पुलमुनी सुत्नेहरु छन। केही र कतै गैर कानुनी रुपमा अरुको घरको छतमा समेत बस्नेगरेका दृष्टान्तहरु भने कुनै नौलो कुरा होइन।
यो कुरा अलिक लामो समय अगाडीको रहेको छ सन २०१९ डिसेम्वर २१ मा शाम सुईपोमा रहेको तुङ चाउ स्ट्रिटको पार्कमा एक अप्रेसन गरी हङकङ लेजर एण्ड कल्चरल डिपार्टमेन्ट र दंगा प्रहरीको संयुक्त टोलिले ९ जना सडकमा सुत्नेहरुको बिना पूर्व सुचना सामान फ्याकेका थिए र उक्त समयमा अधिकांस व्याक्तिहरु त्यहा उपस्थित थिएनन। त्यसैको बिरुद्धमा परेको रिटमा हिजो मंगलवार अदालतले उनिहरुलाई क्षतिपूर्ति वापत जनहि १००$ दिन आदेस दिएको हो ।
उक्त फैसलाबाट सडकमा सुत्नेहरु आफुहरनले ढिलै भएपनी न्याय पाएकोमा खुसी थिए। तर उनिहरुले त्यो १००$ बाट खासै सामान त किन्न सक्दैनन तर पनी न्याय पाउनु नै ठुलो कुरा हो भन्ने कुरा प्रस्ट हुन्छ।