नारायण भण्डारी हङकङ २६ सेप्टेम्बर २०२१
हङकङ साहित्यिक साझा श्रृंखलाले आफ्नो १०५ औ श्रृंखला नौलो तरिकाले मनाएको छ । करिव चारवर्षपछ पुन: प्राकृतिक वातावरणमा रमाउदै काव्यिक पदमात्रा साथमा यसै शृंखलामा आवद्द एवं निर्वतमान संयोजक कवि सुनिता गिरीको दोस्रो कृति ” माइतजाने बाटो २ ” सार्वजनिक गरियो ।
हङकङको चुनवानमा रहेको सिङ मुन रिजर्भर परिक्रमा गर्नेगरी आयोजना गरिएको उक्त कार्यक्रममा हङकङ साहित्यिक साझा श्रृंखला का संयजक रमण गुरुङको अध्यक्षता संस्थाकी सहसंयोजक गीता अधिकारीले संचालन गर्नुभएको उक्त कार्यकममा वालकवि सानि नानि सुनिस्का याख्खा को हातवाट विमोचन गरिएको उक्त दोस्रो कविता संग्रहमा कवि गिरीले ३२ वटा कविताहरू संग्रह गर्नभएको छ । कवि गिरीलाई ४ जना साहित्यिक व्याक्तित्वहरू ले शुभकमना मन्तव्य दिनुभएको उक्त परस्तक १३२ पृष्टको रहेको छ । उक्त कार्यक्रममा संस्काकी पूर्व सहसंयोजक पूर्णिमा जी शाहले शुभकामना वक्तव्य राख्नुभएको थियो यसरी नै साहित्यकार एवं हङकङ साहित्यिक साझा श्रृखलाका संस्थापक संरक्षक कवि चन्द्र मादेन आन्छन, दाजु गुरुङ, डि बी पालुङवा आदिले कविता संग्रहको वारेमा प्रकास पार्दै विवेचना गर्नभएको थियो । उक्त कार्यक्रममा आमन्त्रित व्यवसायी एवं कवि राजेन्द्र कुमार थापाले पनि कवि गिरीको कविता संग्रह पति शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वास्तवमा उक्त कविता संग्रह भित्र रहेका सबै कवितहरू उत्कृष्ट रहेका छन ति मध्येमा पनि कवि गिरीले आफ्नो आमालाई संम्झेर लेखेको कविता “आमा” ले धेरै पाठक हरुको गला अवरूद्ध वनाएको थियो ।
उक्त कार्यक्रममा उपस्थित अन्य साहित्यअनुरागी मनहरुले पनी आआफ्ना कविता एवं कवि सुनिता गिरीका कविताहरु वाचन गर्नुभएको थियो यसरी कविता वाचन गर्नेहरुमा वालकवि सुनिस्का याक्खा, नारायण भण्डारी, डोम राना, सन्ध्या क्षेत्री, नरजित राई, रोसन याक्सो, जुनु राना, र नव आगन्तुक साहित्य अनुरागी आन्ना ले पनी कविता वाचन गर्नुभएको थियो।
कार्यक्रम पश्चात बिहानको खानाको पनी व्यवस्था आयोजकवाटै गरिएकोले सोहि ठाउमा खाना खाईसकेपछि करिव २ बजेबाट सुरुभएको पैदल यात्रा १३ किलोमिटरको दुरी पार गर्दा बिच बिचमा कवि गिरीकै माईतजाने बाटोको चर्चा परिचर्चा र ठट्यौलिमा समेत माईतजाने बाटो अछुत हुन सकेन र बिचमा करिव १ घन्टाको नाचगान पश्चात साझको झन्डै ६ बजे पैदल यात्रा सकिएको थियो। एैतिहासिक काव्य पैदल यात्रा बनेको थियो कवि सुनिता गिरीको दोस्रो कृती “माईत जाने बाटो २” कवि गिरीलाई हार्दिक शुभकामना र आगामी दिनमा पनी अझै ससक्त कविता कृतीहरुको यसरी नै जन्म होस हाम्रो तर्फवाट पनी करोडौ शुभकामना कवि “सुनिता गिरी”