भोजराज जी सी वुटवल २७ चैत्र २०७८
स्वर्णिम बहुउद्देश्यीय संस्था बुटवल रुपन्देही द्वारा रामनवमीको अवसर पारी वुटवल ११ देविनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा भोजन तथा भेटघाट कार्यक्रम सम्पन्न भयो।
३२ जना अपाङ्गहरुलाई भोजन गराउनुका साथै २०० थान माक्स तथा ५ ली सेनिटाईजर समेत वितरण गरिएको उक्त कार्यक्रम मा स्वर्णिम बहुउद्देश्यीय संस्था का अध्यक्ष मोहन बिक्रम प्याठ को अध्यक्षता बुटवल उधोग ब्यापार संघ का महासचिव पदम जि सी को प्रमुख आतिथ्यता रहेको थियो भने संस्था का उपाध्यक्ष रामकाजी के सी को स्वागत मन्तब्य कोषाध्यक्ष छविलाल अर्याल द्वारा नगद तथा जिन्सी सामग्री हस्तान्तरण साथै सल्लाहकार राजन पौडेल द्वारा कार्यक्रम को विषय मा जानकारी गराउनुभएको थियो। सो कार्यक्रम संस्थाका सचिव भोजराज जि सी ले सन्चालन गर्नुभएको थियो।
संस्थाले नियमित रुपमा यस्ता सेवामुलक कार्यहरु गर्दै आईरहेको छ, आगामी कार्यक्रम २०७९ वैसाख १७ गते मातातिर्थ औंसि को दिन स्याङ्जा र पाल्पा को संगमस्थल राम्दि को बृद्द आश्रम मा गई सम्पुर्ण आमा हरुको आशिर्वाद लीने साथै भोजन गराउने कार्यक्रम रहेको समेत संस्थाका सचिव भोजराज जी सी ले जानकारी गराउनुभयो।