नारायण भण्डारी २५ अगस्ट २०२२
हङकङमा आज बिहान ७ बजे ताइ पो वाटरफ्रन्ट पार्कबाट हिडिरहेको बेला यात्रुहरूले समुद्रमा डुबेको शंकास्पद एक व्यक्तिलाई भेट्टाए। उनीहरु डुबेको शंका लागेकाले उनीहरुले प्रहरीलाई सहयोगको लागि खबर गरेका थिए । अग्निनियन्त्रकहरू आइपुगे र उक्त व्यक्तिलाई उद्धार गरी किनारमा पुर्याए, तर एम्बुलेन्सले उनको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्यो। त्यसपछि प्रहरीले उनको शरीरलाई अस्थायी रूपमा पालले छोपेको थियो।