नारायण भण्डारी १५ जेष्ठ २०७९
पोखरा बाट जोमसोमको लागि उडान भरेको तारा एयरको बिमान दुर्घटना भएको छ। लेते माथिको पहाडमा बिमान क्षतिग्रस्त रुपमा फेला परेको छ। विमान पुरै आगोले जलेको र जलिरहेको अवस्था फेला परेको हो।
समाचारमा जनाईए अनुसार पोखराबाट जोमसोमको लागि उडान भरेको जहाजमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्यहरु रहेका थिए।तारा एयरको 9N-AET कल साइन भएको ट्वीनेटर जहाज दुर्घटनाः विमान मुस्ताङको थासाङ गाउँपालिकाको लेते असपासमा दुर्घटना भएको जानकारी । जहाजमा २ जर्मनी नागरिक, ४ भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको नागरिक र चालक दलसहित २२ जना सवार रहेका थिए।
चालक दलका सदस्यहरुमा पाईलट प्रभाकर घिमिरे को पाईलट उद्वव पोखरेल र एयक होस्टेज किष्टि थापा रहेका थिए।