नारायण भण्डारी हङकङ २० जनवरी २०२२
हङकङमा सुरक्षा कानुन लागुगर्ने बिषयमा चलेको लामो आन्दोलनमा २५ अगस्ट २०१९ मा चुन वानमा भएको प्रदर्शनको क्रममा सात युवाहरूलाई अवैध भेलामा भाग लिएको, आपत्तिजनक हतियार राखेको र प्रहरीमाथि आक्रमण गरेको अभियोग लगाइएको थियो।
यस मुद्दामा २१ वर्षीय नगाउ ची ह्याङले यसअघि अवैध भेलाको लागि दोषी स्वीकार गरे र आज २० जनवरी २०२२ का दिन वेस्ट काउलुन मजिस्ट्रेट अदालतमा आठ महिनाको जेल सजाय सुनाइएकोछ। मजिस्ट्रेटले भनेका छन उक्त कसुरमा दोशी ठानीएका कसुरदारहरुले मुद्दाका अन्य प्रतिवादीले एक पटक मात्रै लठ्ठी समातेको भए तापनि २१ वर्षीय प्रतिवादीले इँटा मात्र समातेको थियो। चाहे उसले उक्त ऊट्टा प्रहरीमाथी फ्याँक्ने उद्देश्य राखेको होस वा धम्कीको रूपमा तर्साउनको लागि प्रयोग गरेको होस तर उसले आन्दोलनकारीले लगाउने अर्थात पेरयोग गर्ने कालो शर्ट, कालो प्यान्ट र मास्क लगाएको थियो। घटनास्थलमा उनको भूमिका पहिचान गर्न गाह्रो भएको छ तर पनी त्यसले मुद्दामा गैरकानूनी रूपमा भेला हुने प्रतिवादीले सोही रुपमा मुद्दा भोग्नुपर्छ।