हङकङमा १३ वर्षिय केटा नग्न च्याट संलग्न भै २० हजार डलर चैट


नारायण भण्डारी हङकङ १ अगस्ट २०२२

हङकङमा आजकाल फेसनको रुपमा सल्किदै गएको  नग्न च्याट गर्ने गुपचाप रुपमा भिडियो रेकर्ड गर्ने र व्ल्याक मेल गर्ने चलन ह्वात्तै बढेको छ। पहिले पहिले भारत र पाकिस्तानबाट यस्तो प्रकारका धेरै घटनाहरु भएको जानकारी हामीलाई पनी जानकारी गराईएकोले धेरैलाई यस्तो लहै लहैमा लागेर धन र ईज्यतको नोक्सान नगर्ने सल्साह हामी पनी दिन्थ्यौ।

अहिले स्वयं हङकङेलीहरु पनी यस्तो धन्दामै संलग्न भएको समाचैर यहाका समाचार पोर्टलहरुमा छ्यापछ्याप्ती पाईन थालेका छन।यसरी पिडित हुनेमा युवाहरु नै बढि टार्गेटमा पर्ने गरेका छन। गत हप्ता, एक १३ वर्षीय माध्यमिक विद्यालयमा पढ्ने केटाले डेटिङ प्लेटफर्म ग्रिन्डरमा एक व्यक्तिलाई भेटे र उनीसँग व्हाट्सएप मार्फत नग्न कुराकानी गरे। यद्यपि, अर्को पक्षले गोप्य रूपमा केटाको नग्न भिडियो रेकर्ड गर्यो, र फुटेज इन्टरनेटमा प्रकाशित गर्ने धम्की दियो, जसले गर्दा उनी HK $ २०,००० तिर्ने निर्णयमा पुगेका थिए।

सौभाग्यवश, उनी उक्त कार्यबाट शान्त भएपछि, उनले आफ्नो परिवारसँग छलफल गर्ने निर्णय गरे र सहयोगको लागि पुलिसलाई फोन गर्नु अघि रकम तिर्न अस्वीकार गरे पनि पछि परीवारको सहयोगमा उक्त रकम तिर्नु नपरेको हो। सजग रहौ हा सजग रगौ !!


Translate »