नारायण भण्डारी हङकङ १६ जनवरी २०२२
हङकङ लिबरल पार्टीका सांसदहरूले आज सोमबार आगामी बजेटमा हङकङका जनतालाई कोरोना माहामारीका कारणले थला पारीरहेको बेला पुनः HK $ १०,००० को उपभोग भाउचरहरूको नयाँ चरण वितरण गर्न सरकारलाई आग्रह गरे।
खानपान क्षेत्रका सांसद टमी चेउङ यु-यान, पार्टीका अध्यक्ष पनि, शहरको वर्तमान कोविड नियमहरूलेगर्दा हङकङका रेस्टुरेन्टहरूलाई व्यापारमा निकै वाधा पुर्याएको बताए।
चेउङले महामारीविरुद्धको कोषको पाँचौं चरणबाट सरकारले दिएको अनुदान साँझको खानामा प्रतिबन्धबाट गुमाएका रेस्टुरेन्टहरूलाई कभर गर्न अपर्याप्त हुनेकुरा बताए।
HK$१०,००० उपभोग भाउचर र डाइन-इन प्रतिबन्ध हटाउने बाहेक, चेउङले अधिकारीहरूलाई गैर-घरेलु सम्पत्तिहरूका लागि अधिकतम HK$१०,००० सम्मको दरमा सहुलियत बढाउन, साथै बिजुलीको शुल्क र ढल निकास शुल्कहरू घटाउन पनि आग्रह गरे।
यसैबीच, थोक र खुद्रा क्षेत्रका सांसद पिटर शिउ का-फाईले भने कि हङकङको खुद्रा बिक्री महामारी अन्तर्गत 50० प्रतिशतसम्म डुब्यो।
केही हजारदेखि HK$१०,००० सम्मको भाउचरको नयाँ राउन्ड व्यवसायका लागि उपयोगी हुनेछ र यसले स्थानीय अर्थतन्त्रलाई समेत केहि हदसम्म सहयोग गर्न सक्छ।