आज हङकङमा ३,२४५ जना संक्रमित ८१ जनाको मृत्यु १४४७ जना निको भएर घरफर्के


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ ५ अप्रिल २०२२

हङकङमा आज ३,२५४ कोभिड-१९ केसहरू फेला परेकाछन जसमा न्यूक्लिक एसिड परीक्षणबाट १,६५८ र १,५९६ जनामा ​​पुष्टि भएको छ। भने Rapid Antigen Test (RAT) अनलाइनमा दर्ता गरेर पुष्टि भएका हुन। पाँचौं लहरमा हालसम्म १,१५१,१८३ जना संक्रमित भएका छन। आज १६ बटा आयातित केसहरु रहेका छन। म्यानचेस्टरबाट ५ आयातित केस, टर्की, नेदरल्याण्ड र कतारबाट ३, क्यानडाबाट १, अष्ट्रेलियाबाट १, फ्रान्सबाट १ आइपुगेका छन। अन्य २ जना सिंगापुर र स्पेनबाट आएका थिए ।

यसैबीच, स्वास्थ्य विभागले कतार एयरवेजको दोहाबाट र क्याथे प्यासिफिक उडानहरू म्यानचेस्टरबाट हङकङमा अवतरण गर्न प्रतिबन्ध लगाउन रोग रोकथाम र नियन्त्रण (क्रस-बाउन्ड्री कन्भेन्सेस एन्ड ट्राभलर्स) नियमन (क्याप. 599H) को लागि १२ अप्रिल सम्म प्रतिवन्ध लगाईएको छ।

भर्खरै एक हजार ६५८ पुष्टि भएका मध्ये २६८ अस्पताल प्राधिकरणबाट, २७१ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी १ हजार ११९ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन् । परीक्षण गरिएका ९३३ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। ओमिक्रोन भेरियन्टमा ९२३ केसहरू समावेश थिए भने कम भाइरल लोडका कारण करिब १० केसहरू पत्ता लगाउन सकिएन।

पाँचौं लहरको शुरुवातदेखि जम्मा ८ हजार १ सय ३६ बिरामीको मृत्यु भइसकेको छ भने ८७ नयाँ मृत्यु भएको स्वास्थ्य प्राधिकरणले जनाएको छ ।

अस्पताल प्राधिकरणका डा लाउ का हिनले अहिलेसम्म ९ हजार ९ सय ६५ बिरामी उपचाररत रहेको बताए । हालसम्म १२ जना बिरामीको अवस्था गम्भीर रहेको र तीमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ । अति गम्भीर अवस्थामा रहेका ७१ जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।आज बिहान १२ बजेसम्म पछिल्लो २४ घण्टामा ८१ बिरामीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ बिरामी निको भएका छन् । यसैबीच, भर्ना परीक्षणका क्रममा ४ जना बिरामीमा पोजेटिभ देखिएको छ भने नजिकका ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २१ हजार ३१९ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये १९ हजार ३८८ निको भएर काममा फर्किएका छन् ।


Translate »