नारायण भण्डारी हङकङ २१ सेप्टेम्बर २०२२
हङकङमा आज १४६ आयातित केस र ५,५४१ स्थानीय कोभिड-१९ का केसहरू भएको जानकारी दिए, जसमध्ये न्यूक्लिक एसिड परीक्षणको क्रममा १,५८६ घटनाहरू पत्ता लागेको थियो भने ३९५५ केसहरू द्रुत एन्टिजेन परीक्षण (RAT) मार्फत परिक्षण गरियो र पछि प्रमाणित गरियो। आज रिपोर्ट गरिएको कुल COVID-19 केसलाहरू ५,६८७ जना पुगेका छन।
आयातित १४६ केसमध्ये ३६ जना विमानस्थलमा र ६३ जना तोकिएका क्वारेन्टाइन होटल वा सामुदायिक आइसोलेसन सुविधामा आइपुगेको पहिलो दिनदेखि तेस्रो दिनमा भेटिएका थिए। ४२ केसहरू आइपुगेको चौथो दिन र ७ दिनको बीचमा पहिचान गरिएको थियो भने ५ केसहरू आइपुगेको ७ दिन पछि समुदायमा पहिचान गरिएको थियो। बेलायतका १९, थाइल्यान्डका १६, फिलिपिन्सका १४ लगायत ४ देशबाट क्रमशः १० भन्दा बढी केसहरू रेकर्ड भएका छन।
१०५ जना किन्डरगार्टेन, २२२ जना प्राथमिक विद्यालय, १८६ जना उच्च माध्यमिक विद्यालय र १३ जना विशेष विद्यालयहरू समावेश गरी ५२६ वटा विद्यालयहरूमा ७६० वचा नयाँ केसहरू रिपोर्ट गरियो। कुल ६४७ जना विद्यार्थी र ११३ जना शिक्षक कर्मचारीहरू संक्रमित छन। साथै १० वटा विद्यालयका कक्षा एक साताका लागि स्थगित गर्न निर्देशन दिइएको छ ।
डा. चुआङले समुदायमा ओमिक्रोन भेरियन्ट BA.5 समावेश भएका कुल केसहरू ७८% पुगेको बताए।
थप रूपमा, अस्पताल प्राधिकरणका डा. ग्लेडिस क्वानले आज थप ९ जनाको मृत्यु भएको जानकारी दिएका छन् जसमा ६६-९२ वर्षका ७ पुरुष र २ जना महिला छन। तीमध्ये ७ जनाले ३ डोज खोप लगाएका छैनन। तिनीहरूमध्ये धेरैजसो दीर्घकालीन रोगहरू थिए। पाँचौं लहरमा अहिलेसम्म ९ हजार ७०४ जनाको मृत्यु भइसकेको छ ।
करिब २ हजार ४०२ बिरामी अझै अस्पतालमा भर्ना रहेको डा क्वानले बताए । ६ नयाँ बिरामीको अवस्था अति गम्भीर छ भने ७ नयाँ बिरामीको अवस्था गम्भीर छ । कूल बिरामीमध्ये ५४ जनाको अवस्था गम्भिर, कूल बिरामीमध्ये ४६ जनाको अवस्था गम्भीर र हाल गम्भीर अवस्थामा रहेका १८ जनाको आईसीयूमा उपचार भइरहेको छ । कुनै अन्तर्निहित रोग नभएको २ वर्षीय केटाले यसअघि COVID-19 विरुद्धको खोपको एक डोज प्राप्त गरेको थियो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई खोकी, ज्वरो र फ्लू देखिएको थियो । उनलाई पछि बाल चिकित्सा सघन हेरचाह इकाईमा भर्ना गरिएको थियो र अझै पनि गम्भीर अवस्थामा छ। उनलाई एक्युट नेक्रोटाइजिङ इन्सेफ्यालोप्याथी, एक दुर्लभ प्रकारको मस्तिष्क रोग (इन्सेफ्यालोप्याथी) को निदान गरिएको थियो जुन फ्लू जस्ता भाइरल संक्रमण पछि हुन्छ।
पछिल्लो २४ घण्टामा ३ सय ५९ जना निको भएका छन् भने ३१६ जना डिस्चार्ज भएका छन्।