२३ सेप्टेम्वरमा हङकङमा ५,३८७ जना संक्रमित १२ जनाको मृत्यु


E3E84F1A 2D64 44A0 B37C D8E2A35ABEE7

नारायण भण्डारी हङकङ २३ सेप्टेम्बर २०२२

हङकङमा आज १५६ आयातित केस र ५,२३१ स्थानीय कोभिड-१९का केसहरु भएको बताएको छ। आज रिपोर्ट गरिएको कुल COVID-19 केसहरू ५,३८७ जना  पुगेको छ।

आयातित १५६ केसमध्ये ४९ जना विमानस्थलमा र ५६४ जना तोकिएका क्वारेन्टाइन होटल वा सामुदायिक आइसोलेसन सुविधामा आइपुगेको पहिलो दिनदेखि तेस्रो दिनसम्म भेटिएका थिए। ३८ केसहरू आइपुगेको चौथो दिन र ७ दिनको बीचमा पहिचान गरिएको थियो भने ५ केसहरू आइपुगेको ७ दिन पछि समुदायमा पहिचान भएका थिए।

 

३९१ विद्यालयमा ५५२ नयाँ केस रिपोर्ट गरिएको छ। साथै १२ विद्यालयका १३ वटा कक्षा एक साताका लागि स्थगित गर्न आदेश दिइएको छ ।

समुदायमा Omicron भेरियन्ट BA.5 समावेश भएका कुल केसहरू बढेर ७९.९% पुगेको छ।

थप रूपमा, अस्पताल प्राधिकरणका डा ग्लाडिज क्वानले सार्वजनिक अस्पतालमा आज थप १२ जनाको मृत्यु भएको जानकारी दिनुभयो जसमा ४५-९३ वर्षका ९ पुरुष र ३ जना महिला छन। तीमध्ये ४ जनाले ३ डोज खोप लगाएका छैनन।

करिब २ हजार २२८ बिरामी अझै अस्पतालमा भर्ना भइरहेका डा क्वानले बताए ।


Translate »