नारायण भण्डारी हङकङ १२ सेप्टेम्बर २०२२
हङकङमा आज १२९ आयातित र ७,७७२ स्थानीय कोभिड-१९ केसहरु जसमध्ये न्यूक्लिक एसिड परीक्षणका क्रममा १,८७६ घटनाहरू फेला परेका छन् भने ५,८९६ केसहरू द्रुत एन्टिजेन परीक्षण (RAT) मार्फत परिक्षण गरी पछि प्रमाणित। आज रिपोर्ट गरिएको कुल COVID-19का केसहरु ७९३८ पुगेका छन।
आयातित १६६ केसमध्ये ७२ जना विमानस्थलमा र ५० जना तोकिएका क्वारेन्टाइन होटल र सामुदायिक आइसोलेसन सुविधामा आइपुगेको पहिलो दिनदेखि तेस्रो दिनमा भेटिएका थिए । ४० वटा केसहरू आइपुगेको चौथो दिन र ७तौ दिनको बीचमा पत्ता लागेको थियो भने ४ केसहरू समुदायमा आइपुगेको ७ दिन पछि पत्ता लागेको थियो। फिलिपिन्सबाट १९, बेलायतबाट २७, अमेरिकाबाट २३, थाइल्याण्डबाट ११ केसलगायत ४ देशबाट क्रमशः १० भन्दा बढी केसहरू रेकर्ड गरिएको थियो।
डा. चुआङले समुदायमा ओमिक्रोन भेरियन्ट BA.5 सम्बन्धी कुल केसहरू बढेर ६८% पुगेको बताए।
थप रूपमा, अस्पताल प्राधिकरणका डा सारा हो, आज थप ११ जनाको मृत्यु भएको जानकारी दिइन जसमा ६१ – ९३ वर्षका 10 पुरुष र 1 महिला छन। तीमध्ये १० जनाले ३ डोजखोप लगाएका छैनन। हालसम्म, हङकङमा कुल ९,५९७ कोभिड-१९ बाट मृत्यु भएका घटनाहरू रेकर्ड गरिएको छ।
करिब २ हजार ७ सय ५३ बिरामी अझै अस्पतालमा भर्ना भइरहेको डा होले बताईन । ४ नयाँ बिरामीको अवस्था अति गम्भीर छ भने १५ नयाँ बिरामीको अवस्था गम्भीर छ । कूल बिरामीमध्ये ५६ जनाको अवस्था गम्भिर, कूल बिरामीमध्ये ६५ जनाको अवस्था गम्भीर र हाल गम्भीर अवस्थामा रहेका १४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
मिर्गी रोगबाट पीडित र २ डोजको खोप लगाएको १० वर्षीय विरामी यूवालाई COVID-19 का लागि सकारात्मक परीक्षण गरियो र प्रिन्स मार्गरेट अस्पतालमा भर्ना गरियो। उनलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने र रुघाखोकी लाग्ने गरेको थियो । हाल उनको अवस्था गम्भीर छ र उनको बाल चिकित्सा सघन हेरचाह इकाईमा उपचार भइरहेको छ। केटाका आमाबुवा र उनकी ६ वर्षीया बहिनी दुवैको पनि दुई दिनअघि पोजेटिभ देखिएको र उनीहरू घरमै क्वारेन्टाइनमा बसेका छन।
पछिल्लो २४ घण्टामा २३८ जना निको भएका छन् भने २०९ जना डिस्चार्ज भएका छन् । भर्ना स्क्रिनिङका क्रममा ३ नयाँ केस फेला परेका छन। एउटै वार्डका ४ जना बिरामी नजिकको सम्पर्कमा परेका छन।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका थप ९१ जना कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । निको भएका ४६ जना कर्मचारी काममा फर्किएका छन् ।