आज फेरी कोरोना उकालो लाग्यो संक्रमित ४३० जना संगै १५ आयातित


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ २७ अप्रिल २०२२

हङकङमा धेरै दिन देखी ओरालो लागेको कोरोना आज अकस्मात उकालो लागेको छ। अघिल्लो सातापनी एकदिन उकालो लागेर ओरालो लाग्दै हिजो ३७४ जनामै सिमित भएको थियो।

हङकङमा आज ४३० कोभिड-१९ का घटनाहरू छन् जसमा २२२ वटा न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका छन भने २०८ केसहरू Rapid Antigen Test (RAT) अनलाइन मार्फत पुष्टि भएका हुन। आज १५ केस आयातित रहेका छन। तीमध्ये ४ जना हिजो हङकङ पुगेका थिए । ३ उडान नं. JL029 अर्को यात्रु उडान नं. AI316।

पाँचौं लहरको शुरुवातदेखि कुल १,१९०,४३७  COVID-19 केसहरू रेकर्ड गरिएको छ।

आज थपिएका २२२ जनामा ​​पुष्टि भएका मध्ये ४६ अस्पताल प्राधिकरणले, ४९ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी १२७ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका हुन।परीक्षण गरिएका ७९ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन।

हिजो दर्ता भएका १३ वटा नयाँ कोभिड-१९ पोजिटिभ मामिलाहरु मध्ये एकको पछि परिक्षण नेगेटिभ आयो र कूल पोजिटिभ केसहरु परिमार्जन गरी १२ मा परेको छ। आज ७ वटा विद्यालयमा थप ८ जना कोभिड-१९ मामिलाहरु रिपोर्ट गरिएको छ । जसमा ७ जना विद्यार्थी र १ जना शिक्षक रहेका छन।

पाँचौं लहरको शुरुवातदेखि हालसम्म कुल ९,०६९ जसमा ३७४१ महिला र ५,३२८ पुरुष बिरामीको मृत्यु भएको छ भने कुल ८ जनाको मृत्यु भएको स्वास्थ्य प्राधिकरणले जनाएको छ ।

अस्पताल प्राधिकरणका डा लाउ का-हिनले अहिलेसम्म एक हजार ७१६ भन्दा बढी बिरामी अस्पतालमा भर्ना भइरहेको जानकारी दिए । हालसम्म १ जनाको अवस्था अति गम्भीर रहेको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका १६ जना बिरामीको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सरकारी अस्पतालमा आज बिहान १२ बजेसम्म ८ बिरामीको मृत्यु भएको छ । उनीहरुमा ४९ देखि ९५ वर्षका ५ पुरुष ३ महिला रहेका छन् । ६५ वर्षभन्दा माथिका ७ जना मृतक बिरामी र १ जना वृद्धवृद्धाका लागि आवासीय हेरचाह गृहका थिए।

पछिल्लो २४ घण्टामा २५६ जना बिरामी निको भएका छन् । जसमध्ये १७५ जना डिस्चार्ज भइसकेका छन् ।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २२ हजार ३३१ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये २१ हजार ८०७ निको भएर काममा फर्किएका छन् ।


Translate »