नारायण भण्डारी हङकङ २९ अप्रिल २०२२
हङकङमा कोरोना संक्रमित र मृत्युदर ओरालो लाग्दै गैरहेको छ। आज ३६६ जना कोभिड-१९ का केसहरू फेला परेका छन। आज १४ वटा केस आयातित रहेका छन। आज आयात गरिएका केसहरू मध्ये, हिजो २८ तारीक एयरपोर्टमा ८ जना भेटिए, जसमध्ये केही क्याथे प्यासिफिकसँग सम्बन्धित थिए, जसमा CX270 मा ३ केस, CX104 मा १ केस, र CX363 मा १ केस समावेश थिए। एमिरेट्सको फ्लाइट EK384 बाट थप ४ जना हङकङ आइपुगेका छन् । बाँकी आयातित केसहरू पहिले हङकङ आइपुगेका व्यक्तिहरूका हुन् र सबै आइपुगेको तेस्रोदेखि पाँचौं दिनमा कोरोनाको संक्रमण पत्ता लागेको हो।
पाँचौं लहरको शुरुवातदेखि कुल १,१९१,२१६ COVID-19 मामिलाहरू रेकर्ड भएका छन। ६२५ विद्यालयले आजदेखि आमनेसामने कक्षा सञ्चालन गरेका छन तीमध्ये ९ जनामा र्यापिड एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। जसमा ७ विद्यालयका ७ विद्यार्थी र २ शिक्षक रहेका छन् ।
पाँचौं लहरको शुरुवातदेखि हालसम्म कुल ९,०८५ जसमा ३,७४६ महिला र ५,३३९ पुरुष बिरामीको मृत्यु भएको र कुल ६ जनाको मृत्यु भएको स्वास्थ्य प्राधिकरणले जनाएको छ।
अस्पताल प्राधिकरणका डा लाउ का-हिनले अझै पनि १ हजार ५३० भन्दा बढी बिरामी अस्पतालमा भर्ना भइरहेको बताए । हालसम्म पनि बिरामीको अवस्था अती गम्भीर छैन र तीमध्ये १ जनाको अवस्था अझै गम्भीर छ। गम्भीर अवस्थामा रहेका ८ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
सरकारी अस्पतालमा आज बिहान १२ बजेसम्म ६ बिरामीको मृत्यु भएको छ । उनीहरुमा ७१ देखि ९६ वर्षका २ पुरुष र ४ जना महिला रहेका छन।
पछिल्लो २४ घण्टामा २ सय ५ जना निको भएका छन् । जसमध्ये १४८ जना डिस्चार्ज भइसकेका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा २ जना बिरामीमा पोजेटिभ देखिएको छ भने नजिकका सम्पर्कमा रहेका २ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २२ हजार ४६७ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये २२ हजार ५२ जना निको भएर काममा फर्किएका छन।