नारायण भण्डारी हङकङ ३० मार्च २०२२
हङकङमा कोरोनाको पाचौ लहरले अहिले क्रमिक रुपमा संक्रमित र मृत्युदरलाई भने बिगत ४ दिनदेखी लगातार ओरालो लागेको छ र संक्रमितको संख्या दश हजारबाट तल झरेको छ।
स्वास्थ्य विभागको सेन्टर फर हेल्थ अर्थात स्वास्थ्य साखाले जनाए अनुसार आज ६,९८१ कोभिड-१९ केसहरू थिए जसमा २,९९४ न्यूक्लिक एसिड परीक्षण र ३,९८७ जनामा Rapid Antigen Test (RAT) मारेफत जाच गरि अनलाइन द्वारा दर्तागरी पुष्टि भएका हुन। पाँचौं लहरमा हालसम्म १,१३८,१३८ जना संक्रमित भएका छन् । आज ५जना आयातित घटना रिपोर्ट गरिएको छ। तीमध्ये ३ जना सिंगापुर र इन्डोनेसियाबाट आएका थिए । २ कतार वा सिंगापुरबाट आएका थिए। यो लगातार पाँचौं दिन हो जसमा कुल दैनिक केस १०,००० भन्दा तल झरेको छ।
नयाँ पुष्टि भएका २ हजार ९ सय ९४ जनामध्ये ४ सय ६६ अस्पताल प्राधिकरणबाट, २ सय १९ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र २ हजार ३०९ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष पुष्टि भएका छन। परीक्षण गरिएका १,२१६ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। यसैबीच, ओमिक्रोन भेरियन्टमा करिब १,२०० केसहरू थिए भने कम भाइरल लोडका कारण करिब १६ केसहरू पत्ता लगाउन सकिएन।
१० हजार ७०२ बिरामी अझै अस्पतालमा भर्ना भइरहेको अस्पताल प्राधिकरणकी डा सारा होले बताएकि छन । हालसम्म २२ जना बिरामीको अवस्था अति गम्भीर रहेको र अन्य ४५ जनाको अवस्था अझै गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ८९ बिरामीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ११७ बिरामीको मृत्यु भएको छ । बिरामीहरूमा ४१ देखि १०५ वर्ष उमेर समूहका ७१ पुरुष र ४६ महिला रहेका छन।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६९ जना निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा १० जनाभन्दा बढी बिरामीको परीक्षण पोजेटिभ देखिएको छ भने २० भन्दा बढी नजिकका सम्पर्कहरूलाई क्वारेन्टाइनमा राखिएको छ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २० हजार १११ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये १८ हजार ५ सय ८१ निको भएर काममा फर्किएका छन् ।