आज हङकङमा ५५८ जना नयॅा संक्रमीत ६१ जना आयातित केसहरु


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ ८ जुन २०२२

आज हङकङमा कोरोना संक्रमितको संख्या बढेर ५५८ केसहरू पुगेका छन जसमा २५७ जनामा ​​न्यूक्लिक एसिड परीक्षण र पुष्टि भएको छ। र्यापिड एन्टिजेन टेस्ट (RAT) अनलाइन घोषणा प्लेटफर्म मार्फत ३०१ केसहरू पुष्टि भयो।

आज थपिएका २५७ जनामा ​​अस्पताल प्राधिकरणबाट ५०, स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट २७ र बाँकी १८० निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन ।

आज ६३ वटा केसहरू आयातित रहेका छन तीमध्ये १६ जनामा ​​विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा र ३८ जना तोकिएका क्वारेन्टाइन होटलमा पोजेटिभ देखिएका छन ।

आज  वृद्धहरूको लागि आवासीय हेरचाह गृहमा २ जना  र अपाङ्गताहरूको लागि आवासीय हेरचाह गृहमा १ जना कर्मचारीहरू संलग्न ३ नयाँ घटनाहरू रिपोर्ट गरियो। आज ८७ विद्यालयमा ६१ विद्यार्थी र ३३ शिक्षक कर्मचारी गरी ९४ जनामा ​​पोजेटिभ केस दर्ता भएको छ । काउलुन टोङ फनफुल इङ्लिस प्राइमरी स्कुलमा आज थप २ नयाँ केसहरू रेकर्ड गरिएको छ। Kiangsu र Chekiang प्राथमिक विद्यालयमा १ नयाँ केस पनि रेकर्ड गरिएको थियो।


Translate »