नारायण भण्डारी हङकङ १५ जुन २०२२
हङकङमा कोरोनाको पाचौ लहरले बिदा हुनै लागेको थियो तर एक्कासी हङकङ सरकारले गैर हङकङेली नागरीकहरुलाई आवागमनमा लागेको प्रतिवन्ध हटाएपछि कोरोना संक्रमितको संख्या विस्तारै उकालो लागेको हो।
तर हिजो ७५२ जनामा भएको संक्मण आज करिव ३०० अंकले बढेर १०४७ जनामा संक्रमण भएको हो। विषेस गरी साम साई पो, प्रिन्स एडवर्ड र चेङ सा वान तिरका एरियामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको स्वास्थ्य बिभागले जनाएको छ।
निकै होसियारिका साथ रहन र यदि कोरोना विरुद्धको खोप नलगाएको भए सकभर चाडो आफुलाई पायक पर्ने दिनमा खोप लगाएर आफु र आफ्नो परिवारलाई साथै समुदायलाई पनी कोरोनाको संक्रमण फैलिनवाट जोगाउनुहोसस।