आज हङकङमा २६४४ जना संक्रमित र ९० जनाको मृत्यु १,४९१ जना निको भएर घर फर्के


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ ७ अप्रिल २०२२

हङकङमा कोरोना संक्रमित र मृतकहरुको संख्या दैनिक रुपमा ओरालो लाग्दै आज २ हजार ६ सय ४४ जनामा झरेको छ भने मृतकको संख्या पनी २ ज्अंकमा झरेर ९० जनामा झरेको छ।

२६४४ जना संक्रमितमा १,३६८ न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका छन र १,२७६ केसहरू Rapid Antigen Test (RAT) जाच गरेर अनलाइन मार्फत दर्ता गरेर पुष्टि भएका छन। पाँचौं लहरमा हालसम्म १ लाख ७० हजार ६०४ जना संक्रमित भएका छन। आज १२ आयातित घटनाहरू रहेका छन। आयातित केसहरू सिंगापुर, यूएई, थाइल्याण्ड, दक्षिण अफ्रिका, यूके, दक्षिण कोरिया र क्यानडाबाट आएका थिए।

भर्खरै एक हजार ३६८ पुष्टि भएका मध्ये २४२ अस्पताल प्राधिकरणबाट, २४७ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी ८ सय ७९ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन। परीक्षण गरिएका ५०८ केसहरु मध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। ओमिक्रोन भेरियन्टमा ४९४ केसहरू समावेश थिए भने कम भाइरल लोडका कारण करिब १४ केसहरू पत्ता लगाउन सकिएन।

अस्पताल प्राधिकरणका डा लाउ का हिनले अहिलेसम्म ९ हजार ७ सय ६९ बिरामी अस्पतालमा भर्ना भइरहेको बताए । हालसम्म १२ जना बिरामीको अवस्था अति गम्भीर रहेको र २१ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ७५ जना बिरामीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सरकारी अस्पतालमा आज बिहान १२ बजेसम्म पछिल्लो २४ घण्टामा ९० बिरामीको मृत्यु भएको छ । बिरामीहरूमा २७ देखि १०४ वर्षका ५२ पुरुष र ३८ महिला छन।

 

यो पनि घोषणा गरिएको थियो कि त्यहाँ ७२ र १०० बीचका ४ पुरुष र ३ महिलाहरू समावेश गरी कुल ७ ढिलो रिपोर्ट गरिएको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९१ जना निको भएका छन। यसैबीच, भर्ना स्क्रिनिङका क्रममा १० जना बिरामीको परीक्षण पोजेटिभ देखिएको छ भने २० भन्दा बढी नजिकका सम्पर्कहरूलाई क्वारेन्टाइनमा राखिएको छ।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २१ हजार ३६४ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये १९ हजार ६०८ निको भएर काममा फर्किएका छन।


Translate »