आज हङकङमा कोरोनाबाट ३ जनाको मृ्यु २,९४५ संक्रमित र १९७ आयातित


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ ८ जुलाई २०२२

हङकङमा कोरोनाको पाचौ लहरले उकालो लागिरहेको बेलामा हिजो ३ हजार माथी रहेको संक्रमण आज भने केहि संख्यामा घटेको छ। दैनिक रुपमा उकालो लाग्दै गरेको कारण फेरी सरकारले कोरोना बिरोधी गतिविधीलाई कडाईका साथ लागुगर्ने तयारी गरेर सुचना तथा अपिल गरीरहेको छ।

हिजो ३ हजार माथी रहेको कोरोना संक्रमितको संख्या आज भने २९४५ जनामा झरेको छ। १९७ जना आयातित केसहरु रहेका छन। २७४८ जना स्थानिय संक्रमित रहेका छन सरकारले स्थानिय संक्रमणलाई न्युन गर्दै सुन्यमा झार्ने रणनीतिका साथ कामगर्ने गरी अगाडि बढिरहेको छ। १७४ जना विधार्थीमा संक्रमण पुस्टि भएको छ भने ३८ जना शिक्षकहरुमा संक्रमण पुस्टि भएको छ।

६४ देखि ८५ बर्ष भित्रका ३ जना बिरामीको मृत्यु भएको छ जसमा २ जना पुरुष र १ जना महिला बिरामी रहेका छन। अझैपनी ८५२ जना विरामीहरु अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन भने ४ जना अति गम्भिर रुपमा रगेका छन यसैगरी ४ जना गन्भीर रुपका विरामीहरु रहेका छन।

बिगत २४ घन्टामा ११९ जना विरामीहरु निको भएका छन भने  ११३ जना घर फर्केका छन। विरामी भर्नाको क्रममा २ जनामा कोरोना पोजेटिभ देखीएको छ। सजग रहौ आफुपनी बाचौ र अरुलाई पनी बचाऔ ।

 


Translate »