नारायण भण्डारी हङकङ २३ जुलाई २०२२
हङकङ आज २३१ आयातित केसहरु र ४,०३४ स्थानीय कोभिड-१९ का केसहरू मध्ये १३८७ जना संक्रमित भेटिएका छन्। न्यूक्लिक एसिड परीक्षण गर्दा २,७४७ केसहरू द्रुत एन्टिजेन परीक्षणहरू मार्फत रेकर्ड गरियो र पछि प्रमाणित गरियो।
आज रेकर्ड गरिएको कुल दैनिक केस ४,२६५ पुगेको छ। आयातित २३१ केसमध्ये १ सय ४ जना विमानस्थलमा र ९८ तोकिएका क्वारेन्टाइन होटलमा भेटिएका छन । तोकिएको होटलमा ७ दिन क्वारेन्टाइनमा बसेपछि २९ जना संक्रमित भेटिएका छन् । बेलायतबाट ५० केस, सिंगापुरबाट १४ केस, अमेरिकाबाट १३, थाइल्याण्डबाट १३, जर्मनीबाट १२ र फिलिपिन्सबाट ११ केस आइपुगेका छन।
वाह यान कलेज काउलुन लगायत सम्बन्धित ३ वटा विद्यालयमा कोभिड-१९ का बिरामी भेटिएपछि एक साताका लागि पठनपाठन बन्द गरिने भएको छ।
पाँचौं लहरको शुरुवातदेखि हालसम्म कुल ९,२४८ बिरामीको मृत्यु भएको छ भने स्वास्थ्य प्राधिकरणले हिजो ७ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये एकको घरमै मृत्यु भएको थियो र मृतक ९४ वर्षीय वृद्ध बिरामी हुन जसले २ डोज सिनोभ्याक खोप लगाएका थिए।
अस्पताल प्राधिकरणका डा ल्यारी लीले करिब १ हजार २ सय ७५ बिरामी अझै अस्पतालमा भर्ना भइरहेको बताए । १० नयाँ बिरामीहरू ती मध्ये २ जनाले खोप लगाइएका थिएनन अति गम्भीर अवस्थामा थिए भने ७ नयाँ बिरामीहरू गम्भीर अवस्थामा थिए।
पछिल्लो २४ घण्टामा १ सय ४३ जना निको भएका छन भने १३० जना डिस्चार्ज भएका छन् । भर्ना स्क्रिनिङको क्रममा २ नयाँ केसहरू फेला परेका थिए। एउटै वार्डमा ३ जना बिरामी/कर्मचारीलाई नजिकको सम्पर्कको रूपमा सूचीबद्ध गरिएको छ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २५ हजार ५४३ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये २४ हजार ९६९ निको भएर काममा फर्किएका छन।
क्वाई चुङ अस्पतालमा १ जना कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ । थप ५ जनामा पनि पोजेटिभ देखिएको छ । उनीहरुलाई अलग्गै उपचारका लागि क्विन मार्गरेट अस्पतालमा सारिएको थियो । साथै, थप ४ बिरामीहरू नजिकको सम्पर्कको रूपमा सूचीबद्ध छन्।