हङकङमा आज ८ जनाको मृत्यु संगै ४,२५० जना कोरोना संक्रमित


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ २४ जुलाई २०२२

हङकङमा आज १८६ आयातित र ४,०६४ स्थानीय कोभिड-१९ का घटनाहरूमध्ये १,५६४ जना पि सी आर परिक्षण अर्थात न्यूक्लिक एसिड परीक्षणबाट पत्ता लागेका हुन भने २,५०० केसहरू द्रुत एन्टिजेन परीक्षणहरू मार्फत रेकर्ड गरियो र पछि प्रमाणित गरिय

आज रेकर्ड गरिएको कुल दैनिक केस ४,२५० जना पुगेको छ।आयात गरिएका १८६ केसमध्ये ७६ जना विमानस्थलमा र ७५ जना तोकिएका क्वारेन्टाइन होटलमा फेला परेका छन् । तोकिएको होटलमा ७ दिन क्वारेन्टाइनमा बसेपछि ३५ जनामा ​​सङ्क्रमण पुष्टि भएको छ । बेलायतबाट ३१, भारतबाट १५, अमेरिकाबाट २५ र फिलिपिन्सबाट १७ केस आइपुगेका छन।

पाँचौं लहरको शुरुवातबाट कुल ९,२५६ बिरामीको मृत्यु भइसकेको छ भने हिजो ८ जनाको मृत्यु भएको स्वास्थ्य प्राधिकरणले जनाएको छ ।

अस्पताल प्राधिकरणका डा ल्यारी लीले अझै पनि करिब १ हजार ३ सय ४७ बिरामी अस्पतालमा भर्ना भइरहेको बताए । नयाँ ४ जनाको अवस्था अती गम्भीर रहेको छ भने ९ जना नयाँ बिरामीको अवस्था गम्भीर रहेको छ । ७५–१०३ वर्षका ४ पुरुष र ४ महिलाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कुल ९२ जना निको भएका छन् भने ८२ जना डिस्चार्ज भएका छन। भर्ना स्क्रिनिङका क्रममा ५ नयाँ केस फेला परेका छन् । एउटै वार्डमा ६ जना बिरामी/कर्मचारीलाई नजिकको सम्पर्कको रूपमा सूचीबद्ध गरिएको छ।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २५ हजार ५७८ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये २४ हजार ९८१ निको भएर काममा फर्किएका छन् ।


Translate »