नारायण भण्डारी हङकङ २३ अप्रिल २०२२
हङकङमा कोरोनाको पाचौ लहर अब निरन्तर ओरालो लाग्दैगर्दा सरकारले पनी कोरोना सम्बन्धी नियमहरुमा केहि खुकुलो पारीरहेको छ । साझको खानाखाने समय अबधीलाई ४ घन्टा बढाएर राती १० बजे सम्म बढाएको छ भने पाक्कहरु पनी खुल्सा गरेको छ।
हङकङमा आज ५२३ कोभिड-१९ घटनाहरू छन् जसमा २५२ जना न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका छन भने २७१ जना केसहरू Rapid Antigen Test (RAT) अनलाइन घोषणा प्लेटफर्म मार्फत जर्ता गरेर पुष्टि भएका हुन। पाँचौं लहरमा हालसम्म कुल १,१८८,८०० जना संक्रमित भएका छन् । आज १३ जना आयातित केसहरु रहेका छन। तीमध्ये ७ जना विमानस्थलमा पोजेटिभ देखिएको हो । जसमध्ये २ जना भियतनामबाट, २ जना कोरियाबाट, १ जना बेलायतबाट, १ जना सिंगापुरबाट र १ जना थाइल्याण्डबाट आएका थिए । तीमध्ये ६ जनामा तोकिएको क्वारेन्टाइन होटलमा पोजेटिभ देखिएको र उनीहरु अस्ट्रेलिया, सिंगापुर र क्यानडाबाट आएका हुन् ।
आज नयाँ पुष्टि भएका २५२ जनामध्ये अस्पताल प्राधिकरणबाट ६३, स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट ४४ र बाँकी १४५ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष पुष्टि भएका छन् ।
परीक्षण गरिएका ११२ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। १०९ केसहरू ओमिक्रोन संस्करण समावेश थिए। तीमध्ये ३ जनाको भाइरल लोड कम भएकाले परीक्षण हुन सकेन ।
विगत ७ दिनमा आज बिहानसम्म ७ जना शिक्षक र ८ विद्यार्थीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । हङकङ क्षेत्रमा ६७ विद्यालय, काउलुन जिल्लामा ११२ विद्यालय र नयाँ क्षेत्रका १२० विद्यालय जम्मा २९९ विद्यालयले आमने–सामने कक्षाहरू पुनः सुरु गरेका छन्।
पाँचौं लहरको शुरुवातदेखि हालसम्म कुल ९,०२३ बिरामीको मृत्यु भएको छ।
अस्पताल प्राधिकरणका डा सारा होले २ हजार १८२ भन्दा बढी बिरामी अझै अस्पतालमा भर्ना भईरहेको बताए । अहिलेसम्म २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका १६ जना बिरामीको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
सरकारी अस्पतालमा आज बिहान १२ बजेसम्म ९ बिरामीको मृत्यु भएको छ । जसमध्ये २ जनाको २ दिनअघि मृत्यु भएको थियो । बाँकी ७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको र उनीहरु ६९-१०२ वर्षका ४ पुरुष र ३ जना महिला थिए।
पछिल्लो २४ घण्टामा ३५० बिरामी निको भएका छन् । जसमध्ये २३२ जना डिस्चार्ज भइसकेका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा २ जना बिरामीमा पोजेटिभ देखिएको छ भने नजिकका सम्पर्कमा रहेका २ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २२ हजार २२० कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये २१ हजार ६४३ निको भएर काममा फर्किएका छन् ।