नारायण भण्डारी हङकङ १२ अगस्ट २०२२
हङकङमा आज २१७ आयातित घटना र ४,२२२ स्थानीय कोभिड-१९ का घटनाहरूमध्ये आज १,२६३ जना न्यूक्लिक एसिड परीक्षण गर्दा २,९५९ केसहरू द्रुत एन्टिजेन परीक्षणहरू मार्फत रेकर्ड गरियो र पछि प्रमाणित गरियो। आज रिपोर्ट गरिएको कुल कोभिड-१९ संक्रमितको संख्या ४,४३९ पुगेको छ ।
आयातित २१७ केसमध्ये विमानस्थलमा १०८ र तोकिएका क्वारेन्टाइन होटलमा ९५ वटा केस फेला परेका छन। तोकिएको होटलमा ७ दिन क्वारेन्टाइनमा बसेपछि २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । बेलायतबाट ३५, संयुक्त राज्य अमेरिकाबाट २८, भारतबाट २१, सिंगापुर र अष्ट्रेलियाबाट १४, फिलिपिन्सबाट २० जना, इत्यादिबाट आएका छन।
आज १७९ विद्यालयमा २१४ जनामा पोजेटिभ देखिएको छ । कुल १४७ विद्यार्थी र ६७ शिक्षकहरूको कोरोना परीक्षण पोजेटिभ भएकाछन।
यसका साथै अस्पताल प्राधिकरणका डा. ल्यारी लीले आज थप ४ जनाको मृत्यु भएको जानकारी दिएका छन् जसमा ३ पुरुष र १ महिला छन। तिनीहरूमध्ये एक ८२ वर्षीय वृद्ध पुरुष रोगी हुन जसले कोरोना बिरुद्धको कुनैपनी खोप लगाएका छैनन र दीर्घकालीन रोगहरू थिए। बाँकी ३ बिरामीहरूले कम्तिमा २ खोप रेकर्डहरू प्राप्त गरे। हालसम्म हङकङमा कुल ९ हजार ३ सय ४६ कोभिड-१९ मा सङ्क्रमणद्वारा नृत्यु भएको रेकर्डमा देखिएको छ।
डा. लीका अनुसार करिब १,५६५ बिरामी अझै अस्पतालमा भर्ना भइरहेका छन्। हाल रहेका बिरामीमध्ये २६ जनाको अवस्था अती गम्भीर छ भने २१ जनाको अवस्था गम्भीर छ ।
२०२ बिरामी अझै अस्पतालमा भर्ना छन् भने १६६ जना डिस्चार्ज भइसकेका छन। भर्ना स्क्रिनिङका क्रममा ७ नयाँ केस फेला परेका छन् । एउटै वार्डमा १३ जना बिरामी/कर्मचारीलाई नजिकको सम्पर्कको रूपमा सूचीबद्ध गरिएको छ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका थप ६९ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । निको भएका २५ जना कर्मचारी काममा फर्किएका छन।
नियमित परीक्षणको क्रममा क्यासल पीक अस्पतालकी १ नर्समा कोभिड-१९ पोजेटिभ देखिएको छ। कन्ट्याक्ट ट्रेसिङका क्रममा सोही वार्डमा रहेका थप ९ जना बिरामी र १ जना कर्मचारीमा पोजेटिभ देखिएको हो । अहिलेसम्म जम्मा १५ जना बिरामी र २ जना कर्मचारीमा पोजेटिभ देखिएको छ