नारायण भण्डारी हङकङ १८ अगष्ट २०२२
हङकङमा आज २४३ आयातित घटना र ५ हजार ८११ स्थानीय कोभिड-१९ का घटनाहरूमध्ये २ हजार १८४ जना न्यूक्लिक एसिड परीक्षण गर्दा ३,६२७ केसहरू द्रुत एन्टिजेन परीक्षणहरू मार्फत रेकर्ड गरियो र पछि प्रमाणित गरियो। आज रिपोर्ट गरिएको कुल COVID-19 केसहरू ६,०५४ पुगेको छ।
आयातित २४३ केसमध्ये १२१ जना विमानस्थलमा र ५१ जना तोकिएका क्वारेन्टाइन होटल र सामुदायिक आइसोलेसन सुविधामा आइपुगेको पहिलो र तेस्रो दिनमा भेटिएका छन। ५० केसहरू आइपुगेको ४ र ७ दिनको बीचमा पहिचान गरिएको थियो भने २१ वटा केसहरू आइपुगेको ८ औं र १४ दिनको बीचमा पहिचान भएका थिए।
भारतबाट ३१, थाइल्याण्ड र युकेबाट २७, फिलिपिन्सबाट २०, सिंगापुरबाट १४, जापानबाट १३ र क्यानडाबाट १२ केस आइपुगेका छन।
आज ३६ विद्यालयमा ३८ विद्यार्थी र १० शिक्षक कर्मचारी समावेश गरी ४८ घटनाहरू रेकर्ड गरिएको छ। अधिकांश विद्यालयमा बिदा छ । फ्यालिङ र काउलुन शहरका २ वटा विद्यालयहरूलाई कोभिड-१९ का घटनाहरू भेटिएपछि एक हप्ताका लागि कक्षाहरू स्थगित गर्न अनुरोध गरिएको छ।
यसका साथै आज थप ५ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ जसमा ५० देखि ९२ वर्षका ४ पुरुष र १ महिला रहेको छ । तीमध्ये १ जनाले मात्र ३ डोज खोप पूरा गरेका थिए । ती सबैलाई दीर्घकालीन रोग थियो। हालसम्म, हङकङमा कुल ९,३७६ कोभिड-१९ बाट मृत्यु भएका घटनाहरू रेकर्ड गरिएको छ।
डा क्वानले थप १,८८६ बिरामी अझै अस्पतालमा भर्ना भइरहेका छन्। ४ नयाँ बिरामीको अवस्था अती गम्भीर छ भने ४ नयाँ बिरामीको अवस्था गम्भीर छ । हाल रहेका बिरामीमध्ये ३४ जनाको अवस्था गम्भीर रहेको छ ।
२४८ बिरामी अझै अस्पतालमा भर्ना छन् भने २०६ जना डिस्चार्ज भइसकेका छन् । भर्ना स्क्रिनिङका क्रममा ४ नयाँ केस फेला परेका छन् । एउटै वार्डका ८ जना बिरामीलाई नजिकको सम्पर्क सूचीमा राखिएको छ ।
यसैबीच अस्पताल प्राधिकरण अन्तर्गतका थप १२० कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । निको भएका २५ जना कर्मचारी काममा फर्किएका छन।