नारायण भण्डारी हङकङ ३१ अगष्ट २०२२
आज हङकङमा २२८ आयातित घटना र ९,२६७ स्थानीय कोभिड-१९ का घटनाहरूमध्ये आज ३,०५४ जना संक्रमित न्यूक्लिक एसिड परीक्षण गर्दा पत्ता लागेका हुन भने ६,२१३ केसहरू द्रुत एन्टिजेन परीक्षण (RAT) मार्फत रेकर्ड गरियो र पछि प्रमाणित गरियो। आज रिपोर्ट गरिएको कुल COVID-19 मामिलाहरू ९,४९५ पुगेको छ।
आयातित २ सय २८ केसमध्ये १ सय १० जना विमानस्थलमा र ५९ जना तोकिएका क्वारेन्टाइन होटल र सामुदायिक आइसोलेसन सुविधामा आइपुगेको पहिलो दिनदेखि तेस्रो दिनमा फेला परेका थिए । ५१ वटा केसहरू आइपुगेको चौथो दिन र सातौ दिनको बीचमा पहिचान गरिएको थियो भने ८ केसहरू समुदायमा आइपुगेको ७ दिन पछि पहिचान गरिएको थियो। बेलायतबाट ३१, अमेरिकाबाट २०, थाइल्यान्डबाट १८, फिलिपिन्सबाट १४, फ्रान्सबाट १३, भियतनामबाट ११, भियतनामलगायत सातवटा देशबाट १० आयातित केस र थप रेकर्ड भएका छन।
आज ८२ विद्यालयमा १३१ घटना रिपोर्ट गरिएको छ। तिनीहरूमा ९७ विद्यार्थी र ३४ शिक्षक कर्मचारी थिए। नर्थ प्वाइन्टको किन्डरगार्टेनमा N1 कक्षा एक हप्ताको लागि निलम्बन गर्नुपर्नेछ।
साथै, आज थप ९ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ जसमा ३४–९७ वर्षका ५ पुरुष र ४ जना महिला छन् । तीमध्ये ७ जनाले खोपको ३ डोज पूरा गरेका थिएनन। ७ मृतक बिरामीमध्ये २ जनाले कुनै पनि खोप लगाएका थिएनन। उनीहरु सबैलाई पुरानो रोग थियो । अगस्ट २७ मा निधन भएका ३४ वर्षीय पुरुषको र्यापिड एन्टिजेन टेस्टबाट पोजेटिभ देखिएको थियो। उनले ३ वटा खोप लगाएका थिए । पखाला, ज्वरो र खुट्टा सुन्निएपछि उनलाई नर्थ लान्टाउ अस्पतालमा भर्ना गरिएको थियो। पछि उहाँको निधन भयो र उहाँको मृत्यु उहाँको अन्तर्निहित रोगको कारण भएको थियो।
हालसम्म, हङकङमा कुल ९,४७७ कोभिड-१९ बाट मृत्यु भएका घटनाहरू रेकर्ड गरिएको छ।
करिब २ हजार ५ सय ९८ बिरामी अझै अस्पतालमा भर्ना भइरहेको डा लाउले बताए । १४ नयाँ बिरामीको अवस्था अती गम्भीर छ भने १३ नयाँ बिरामीको अवस्था गम्भीर छ । कूल बिरामीमध्ये ५३ जनाको अवस्था गम्भीर, कूल बिरामीमध्ये ४१ जनाको अवस्था गम्भिर र हाल गम्भीर अवस्थामा रहेका १५ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
३३२ जना निको भएका छन भने २८४ जना डिस्चार्ज भएका छन । भर्ना स्क्रिनिङको क्रममा १५ नयाँ केसहरू फेला परेका थिए। सोही वार्डमा रहेका २६ जना बिरामी नजिकको सम्पर्कमा परेका छन् ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका थप १७४ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । निको भएका १२४ जना कर्मचारी काममा फर्किएका छन।